कतार छाडेर तरकारी खेतीमा, बर्षकै १० लाख बढी आम्दानी

कतार छाडेर तरकारी खेतीमा, बर्षकै १० लाख बढी आम्दानी
सुन्नुहोस्

खोटाङ : विदेशमा पसिना बगाएर फर्किएका धेरै युवाहरू पुनः वैदेशिक रोजगारीकै बाटो खोजिरहेका बेला खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ का ५० वर्षीय जीवनाथ आचार्य भने आफ्नै गाउँको माटोमै तरकारी खेतीमार्फत आम्दानीको सम्भावना खोजिरहेका छन् । 

कतारमा पाँच वर्ष बिताएर स्वदेश फर्किएका जीवनाथ अहिले कृषि पेशामार्फत वार्षिक १० लाख रुपैयाँ बढी आम्दानी गर्दै उदाहरणीय किसानका रूपमा परिचित बनेका छन् । ‘विदेशमा कमाइ राम्रो भएन, परिवार टाढा भयो, दुःख मात्रै भयो,’ उनले भने, ‘त्यसपछि आफ्नै गाउँमा केही गर्नुपर्छ भन्ने सोच आयो । अहिले आफ्नै खेतबारीमै पसिना बगाउँदा आनन्द लागेको छ ।’
 

जीवनाथले सञ्चालन गरेको ‘न्यु सदाबहार कृषि फर्म’ अहिले दिक्तेलमा सफल कृषि उद्यमको उदाहरण बनेको छ । उनले करिब १० रोपनी क्षेत्रफलमा काँक्रा, तितेकरेला, टमाटर, आलु र बोडी जस्ता मौसमी तरकारी खेती गर्दै आएका छन् । खेतीको सम्पूर्ण जिम्मेवारी उनी एक्लैले सम्हालिरहेका छन् । बिहान सबेरै खेतबारी पुगेर गोडमेल गर्ने, मल हाल्ने, सिँचाइ गर्ने, तरकारी टिप्ने र बजारसम्म पुर्‍याउने सबै काम उनी आफैं गर्छन् । उनको दैनिकी निकै व्यस्त छ । बिहान उज्यालो नहुँदै खेतमा पुग्ने जीवनाथ साँझ अबेरसम्म काममा खटिन्छन् । मेहनतलाई उनले कहिल्यै बोझ मानेनन् । बरु यही श्रमले जीवनमा आत्मनिर्भरता र सम्मान दिएको उनको भनाई छ ।

‘तरकारी बिक्री गरेर वार्षिक १० लाख बढी आम्दानी भइरहेको छ,’ जीवनाथले भने, ‘आफैं उत्पादन गर्छु, आफैं बजारसम्म लगेर बिक्री गर्छु । बीचमा दलाल राख्दा किसानले उचित मूल्य पाउँदैन । मेहनत धेरै भए पनि आफैं बिक्री गर्दा बचत राम्रो हुन्छ ।’ उनका उत्पादन स्थानीय दिक्तेल बजारमा मात्र होइन, आसपासका क्षेत्रमा पनि माग हुने गरेको छ । ताजा र विषादी कम प्रयोग गरिएका तरकारी भएकाले ग्राहकले रुचाउने गरेको उनी बताउँछन् । मौसमी रूपमा उत्पादन फरक–फरक हुने भए पनि वर्षभरि तरकारी खेतीबाट राम्रो आम्दानी भइरहेको उनको भनाइ छ ।

कृषिलाई धेरैले कठिन पेशाका रूपमा हेर्ने गरे पनि जीवनाथका लागि यही पेशा सम्मान र आत्मनिर्भरताको आधार बनेको छ । उनले परम्परागत कृषि पेशाको संरक्षण मात्र गरेका छैनन्, गाउँमै बसेर श्रम गरे सफल हुन सकिन्छ भन्ने सन्देश पनि दिएका छन् । विदेशबाट फर्किएपछि धेरैले उनलाई पुनः वैदेशिक रोजगारीमा जान सुझाव दिएका थिए । तर उनले गाउँ छोडेनन् ।

बरु गाउँकै माटोमा सम्भावना खोजे । अहिले उनको मेहनत देखेर स्थानीय युवाहरू पनि प्रभावित बन्न थालेका छन् । ‘विदेश गएर मात्रै जीवन बन्छ भन्ने सोच गलत हो,’ उनले भने, ‘आफ्नो गाउँमा बसेर पनि मेहनत गरियो भने राम्रो आम्दानी गर्न सकिन्छ ।’ उनले विशेषगरी वैदेशिक रोजगारीको तयारी गरिरहेका युवाहरूलाई गाउँमै केही सिर्जनात्मक काम गर्न सुझाव दिन्छन् । परिवारसँग बसेर आफ्नै देशमा श्रम गर्नु नै सबैभन्दा ठूलो सुख भएको उनको अनुभव छ ।

‘विदेश जाँदा परिवार टुट्छ, छोराछोरी टाढा हुन्छन्,’ उनले भने, ‘युवाहरूले गाउँमै बसेर खेती, पशुपालन वा अन्य व्यवसाय गर्नुपर्छ । मेहनत गर्न सक्ने हो भने नेपालमै प्रशस्त सम्भावना छ ।’ जीवनाथका तीन दुई छोरा र एक छोरी छन् । उनको जीवनशैली साधारण भए पनि सोच प्रेरणादायी छ । गाउँमा बसेर श्रम गर्ने मानिसलाई समाजले सम्मान गर्नुपर्ने उनको धारणा छ । किसानकै श्रमले देश चले पनि किसानहरू राज्यको प्राथमिकतामा पर्न नसकेको उनको गुनासो छ ।

विशेषगरी बीउ र मलको अभावले किसानले धेरै दुःख पाएको उनले बताए । समयमा मल नपाउने, गुणस्तरीय बीउको अभाव हुने र सरकारी सहयोग व्यवहारिक नभएको भन्दै उनले सरकारप्रति असन्तुष्टि व्यक्त गरे । ‘सरकारले किसानलाई समयमै बीउ र मल उपलब्ध गराउन सकेको छैन,’ उनले दुःख व्यक्त गर्दै भने, ‘किसानलाई अनुदान र प्रोत्साहन दिनुपर्छ । किसानलाई सहयोग नगरी देशको कृषि विकास सम्भव हुँदैन ।’

उनले किसानका लागि सहज ऋण, सिँचाइ सुविधा, कृषि तालिम र बजार व्यवस्थापनको आवश्यकता पनि औंल्याए । उत्पादन बढे पनि उचित बजार नहुँदा किसान मारमा पर्ने गरेको उनको अनुभव छ । जीवनाथ जस्ता किसानहरू वास्तवमा ग्रामीण अर्थतन्त्रका आधारस्तम्भ हुन् । उनीहरूकै श्रमले गाउँमा उत्पादन बढिरहेको छ, स्थानीय बजार चलायमान भइरहेको छ र धेरै परिवारको जीवनयापन सहज बनिरहेको छ । तर यस्ता मेहनती किसानहरू अझै पनि राज्यको प्रभावकारी नीति र सहयोगको प्रतीक्षामा रहेको दिक्तेलका निवर्तमान मेयर दिपनारायण रिजालले बताए ।

‘जीवनाथ जस्ता मेहनती किसान गाउँका प्रेरणाका स्रोत हुन्,’ रिजालले भने, ‘उहाँको परिश्रम, परिवारप्रतिको जिम्मेवारी र कृषि पेशाप्रतिको समर्पण अनुकरणीय छ ।’ कृषि पेशालाई सम्मानजनक र व्यवस्थित बनाउन सके युवाहरू विदेशिनुपर्ने बाध्यता कम हुने जीवनाथको विश्वास छ । उनले आफ्नो जीवनमार्फत यही सन्देश दिइरहेका छन्–श्रम गर्न डराउनु हुँदैन, आफ्नै माटोमा पसिना बगाउँदा पनि सफलताको फल पाइन्छ । गाउँको खेतबारीमा पसिना बगाउँदै आत्मनिर्भर बनेका जीवनाथ अहिले धेरैको लागि प्रेरणाको श्रोत बनेको दिक्तेल–१ का पुर्ब वडा सदस्य बैजनाथ रिजालले बताएका छन् ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.