संसदप्रति सरकारको निष्ठामाथि नै शंका जाग्यो : भिष्मराज आङदेम्बे
काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदप्रति सरकारको निष्ठाप्रति नै शंका उत्पन्न भएको टिप्पणी गरेको छ । आज बसेको प्रतिनिधिसभा वैठकमा बोल्दै कांग्रेस संसदीय दलका नेता भिष्मराज आङदेम्बेले सरकारको पछिल्लो कदमले संसदको गरिमा र लोकतान्त्रिक मूल्य–मान्यताप्रति नै गहिरो चोट पुर्याएको बताएका छन् ।
नेता आङदेम्बेले डाकिसकिएको संसद वैठक स्थगित गरेर सरकारले अध्यादेशको बाटो रोजेका कारण उसको संसदप्रतिको निष्ठामाथि नै शंका उत्पन्न भएको बताए । उनले सरकार सामाजिक सञ्जालमा मात्र देखिएको आरोप समेत लगाएका छन् । उनले सरकारलाई सामाजिक सञ्जालमा खोज्नु पर्ने अवस्था दुःखद भएको समेत टिप्पणी गरेका छन् ।
प्रतिक्रिया दिनुहोस !