नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सीईओ पक्राउ
काठमाडौं : नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योति प्रकाश पाण्डे पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी कसुरमा पक्राउ गरेको हो।
उनलाई सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्बर ६ बसपार्कबाट मंगलबार राती ८ बजे पक्राउ गरेको सीआईबीका प्रवक्ता शिव कुमार श्रेष्ठले जानकारी दिए।
स्मार्ट सेल टेलिकमको सम्पत्ति गैरकानुनी रुपमा लिलामी गरेको उनीमाथि आरोप छ।
प्रतिक्रिया दिनुहोस !