खोलामा भेटियो दाजुभाइको शव

खोलामा भेटियो दाजुभाइको शव

नुवाकोट : नुवाकोटको पश्चिमी भेगमा रहेको म्यागङमा हत्या गरेर खोलामा गाडेको अवस्थामा दुई वटा शव फेला परेको छ । प्रहरीले शंकास्पद फरार व्यक्तिको खोजी थालेको छ । 

म्यागङ गाउँपालिका–४ किम्ताङ र वर्सुन्चेतको सीमानामा रहेको खोलामा वुधवार दिउँसो हत्या गरेर खोलामा गाडेको अवस्थाका दुई जना पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । मृतकहरु म्यागङ गापा–४ किम्ताङका ३६ वर्षीय सूर्यमान तामाङ र ४३ वर्षीय सोमनाथ तामाङ रहेको प्रहरी नायव उपरीक्षक विक्रम (डीएसपी) लामाले जानकारी दिए । 

उनका अनुसार मृतकहरु दुवै जना दाजुभाइ हुन् । आशंकित व्यक्ति स्थानीय ३५ वर्षीय धने तामाङ फरार रहेकाले उनको खोजी भइरहेको डीएसपी लामाले वताए  । मंगलवार राति स्थानीयवासीले गोली पड्केको जस्तो आवाज सुनेको बताएकाले घटनामा गोली प्रहार भएको आशंका गरिएको नुवाकोट प्रहरीले जनाएको छ । आपसी विवाद हुँदा उक्त घटना भएकोे हुन सक्ने म्यागङ गापा–४ का वडाध्यक्ष कमलबहादुर तामाङले जानकारी दिए ।

प्रहरी र स्थानीयले आशंका गरेका धने तामाङ भने फरार रहेकाले उनको खोजी भइरहेको छ । घटनाको जानकारी पाए लगत्तै विदुरस्थित जिल्ला प्रहरी कार्यालय तथा स्थानीय प्रहरी चौकीवाट प्रहरी टोली घटनास्थल पुगी खोलामा गाडीएको अवस्थामा शव वरामद गरिसकेको छ । मृतकहरु र आशंकित धने निर्माणसम्वन्धी काम गर्दै आएको स्थानीयवासीले बताए । एकाघरका दाजुभाइको हत्या भएपछि सूर्यमान र सोमनाथको गाउँकै शोकमा डुवेको छ ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.