सेयर बजारको ओरालो यात्रा कायमै
काठमाडौं : सेयर बजार निरन्तर ओरालो लाग्ने क्रम जारी छ। अघिल्लो दिन बुधबार ४.१५ अंकले घटेको नेप्से परिसूचक यसदिन १०.०७ अंकले घटेर २७३०.१७ विन्दुमा अडिएको छ। सो दिन २ अर्ब ८० करोड मूल्य बराबरको कारोबार भएको थियो। त्यसअघि मंगलबार परिसूचक ३९.४४ अंकले घटेर २७४४.४० विन्दुमा पुगेको थियो।
यसदिन ३३७ वटा स्क्रिप्सको ७९ लाख ५८ हजार ७५२ कित्ता सेयर ३ अर्ब २९ करोड २ लाख ४४ हजार ६१९ रुपैयाँमा खरिदबिक्री भए। कारोबारमा आएकामध्ये ८० वटा स्टक्सको मूल्य बढ्दा १७४ वटाको घट्यो। बाँकी १४ वटा स्टक्सको मूल्य भने स्थिर रह्यो।
आज कुनै पनि कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार हुन सकेन। युनियन हाइड्रोपावरको सेयर सर्वाधिक ९.७९ प्रतिशतले बढ्दा एसियन हाइड्रोपावरको ९.८९ प्रतिशतले घट्यो।
कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स शीर्षस्थानमा रह्यो। सो कम्पनीको ३७ करोड मूल्य बराबरको कारोबार भयो। साहस उर्जा र एसवाई प्यानल नेपालले १८ /१८ करोडको कारोबार गरे।
युनियन हाइड्रोपावरको १४ करोडको सेयर कारोबार हुँदा माउन्टेन इनर्जी नेपालले ७ करोड ४८ लाख मूल्य बराबरको कारोबार गर्यो। आज ३ वटा समूहको उपसूचक बढ्दा अरू बाँकी समूहको उपसूचक सका्रात्मक देखिए।
लाइफ इन्स्योरेन्स,म्यचुअल फण्ड र ट्रेडिङ समूहको उपसूचक बढ्दा बाँकी अरु समूहको उपसूचक नकारात्मक देखिएका हुन्।
प्रतिक्रिया दिनुहोस !