प्रधानमन्त्रीकै कारण संसदको गरिमा र मर्यादा तल–माथि भयो : हर्क साम्पाङ


काठमाडौं : श्रम सँस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभाका सांसद हर्क साम्पाङले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहकै कारण संसदको गरिमा र मर्यादा तल–माथि भइरहेको आरोप लगाएका छन् ।

प्रतिनिधिसभाको आजको वैठकमा बोल्दै सांसद साम्पाङले सरकारको नीति तथा कार्यक्रमका विषयमा सदनमा छलफल भइरहेका बेला प्रधानमन्त्री अनुपस्थित भएको भन्दै आपति जनाए । आफ्नै सरकारको नीति तथा कार्यक्रममा विषयमा जवाफ दिन प्रधानमन्त्री नआउने मर्यादा विपरीत भएको सांसद साम्पाङले बताए ।

उनले प्रधानमन्त्री संसद मात्र नभई तीन करोड जनताको अभिभावक भएकाले प्रश्नबाट भाग्ने नभई जवाफ दिनु पर्ने बताए । उनले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न नआएका प्रधानमन्त्री सांसदको प्रश्नको जवाफ दिन आउने विश्वास व्यक्त गर्दै सांसद साम्पाङले आफ्नो विहेमा अर्कालाई बेहुला बनाएर पठाउन नहुने बताए ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.