अध्यादेशपछि कोशीमा बजेट अधिवेशन बोलाइयो
विराटनगर : कोशी प्रदेशसभाको बजेट अधिवेशन आह्वान गरिएको छ। प्रदेशको बिहीबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले जेठ ६ गते दिउँसो ३ बजे अधिवेशन बोलाउन प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो।
मन्त्रिपरिषद्को सिफारिसलगत्तै प्रदेश प्रमुख पर्शुराम खापुङले अधिवेशन आह्वान गरेका हुन्। प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणी पराजुलीका अनुसार आगामी आर्थिक वर्षको बजेट तथा नीति कार्यक्रमलाई केन्द्रमा राखेर अधिवेशन बोलाइएको हो। प्रदेश सरकारले बजेट तयारीलाई तीव्र बनाइरहेका बेला अधिवेशनको मिति तय गरिएको हो।
यसअघि सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ‘प्रदेश खेलकुद ऐन पहिलो संशोधन अध्यादेश–२०८३’ जारी गर्ने निर्णय गरेको थियो। उक्त अध्यादेश बुधबार प्रदेश प्रमुखबाट जारी भइसकेको छ।
प्रतिक्रिया दिनुहोस !