सांसद पुनलाई डर : प्रधानमन्त्री सदनमा अनुपस्थित भएको खबर अन्तर्राष्ट्रिय मिडियामा गए के होला ?


काठमाडौं : प्रतिनिधिसभाका सांसद महाबीर पुनले आफूहरुले प्रधानमन्त्रीलाई संसदमा ल्याउने र उनी पनि नआउने कोशिस गरिरहेको बताएका छन्।
प्रतिनिधिसभाको बिहीबारको वैठकमा बोल्दै सांसद पुनले प्रधानमन्त्री सदनमा नआएको विषय आन्तरिक हुनुपर्ने बताउँदै भने, ‘भोलि अन्तर्राष्ट्रिय मिडियामा यो कुरा गयो भने के होला ? त्यो कुरा चाँहि सोंचौं ।’

सांसद पुनले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह अन्तर्राष्ट्रिय मिडियामा प्रख्यात भएको बताउँदै प्रधानमन्त्रीले यो कुरा विचार नगर्दा यो ख्याती चाँहि कता जान्छ कि भन्ने आफूलाई मनमनै डर लागिरहेको बताए । सांसद पुनले सरकारको नीति तथा कार्यक्रममा केहि कुरा थप्न आग्रह गरेका थिए । उनले नीति तथा कार्यक्रममा नवप्रवर्तन समेट्दै मन्त्रालयको समेत घोषणा भएको बताउँदै बजेट पनि अंकमा आउनु पर्ने बताए ।

उनले पुँजीगत खर्चको एक प्रतिशत बजेट नव प्रवर्तनको क्षेत्रमा छुट्याउने व्यवस्था गर्न समेत सरकारलाई माग गरेका छन् । उनले विभिन्न देशले कूल बजेटको निश्चित प्रतिशत ‘रिसर्च एण्ड डेभलपमेन्ट’ का लागि छुट्याउने गरेको समेत जानकारी गराएका छन् । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.