लगातार तीन वर्ष शून्य बेरुजु कायम गर्ने एकमात्र पालिका बन्यो महाभारत

लगातार तीन वर्ष शून्य बेरुजु कायम गर्ने एकमात्र पालिका बन्यो महाभारत

काभ्रे : महाभारत गाउँपालिका लगातार तीन आर्थिक वर्षसम्म शून्य बेरुजु कायम गर्दै देशकै नमुना स्थानीय तहका रूपमा स्थापित भएको छ । 

महालेखा परीक्षकको कार्यालयले जेठ १ गते सम्माननीय राष्ट्रपतिसमक्ष पेस गरेको तथा सोमबार सार्वजनिक गरेको ६३औं वार्षिक प्रतिवेदनअनुसार देशभरका ७ सय ५३ स्थानीय तहमध्ये महाभारत गाउँपालिका शून्य बेरुजु कायम गर्ने उत्कृष्ट तीन स्थानीय सरकारमध्ये परेको हो ।

गाउँपालिकाले आर्थिक अनुशासन, पारदर्शिता र प्रभावकारी कार्यसम्पादनलाई प्राथमिकतामा राख्दै वित्तीय सुशासन कायम गरेकाले यो सफलता हासिल भएको जनाइएको छ । साथै लगातार तीन आर्थिक वर्षसम्म शून्य बेरुजु कायम गर्ने एकमात्र पालिका बन्न सफल भएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाले सार्वजनिक गरेको सन्देशमा भनेको छ, ‘हामी परिणाममा विश्वास गर्छौं, चाहे त्यो कार्यसम्पादन होस् वा शून्य बेरुजु । जनताको विश्वासलाई कहिल्यै गुम्न नदिने हाम्रो निरन्तर प्रयास रहनेछ ।’ शून्य बेरुजु कायम गर्न सहयोग पु¥याउने जनप्रतिनिधि, कार्यालय प्रमुख, लेखा प्रमुख, राष्ट्रसेवक कर्मचारी, सेवाग्राही तथा सहयोगी सबैप्रति गाउँपालिकाले धन्यवाद व्यक्त गरेको छ । स्थानीय तहमा सुशासन, पारदर्शिता र जिम्मेवार वित्तीय व्यवस्थापनको उदाहरणका रूपमा महाभारत गाउँपालिकाको यो उपलब्धिलाई हेरिएको छ । गाउँपालिका अध्यक्ष कान्छाराम जिम्बाको अथक मेहनतको परिणामका रूपमा यसलाई लिइएको स्थानीयले उल्लेख गरेका छन् । 

गाउँपालिकाका अध्यक्ष पहिलोपटक निर्वाचित हुँदा नेपालकै कान्छा जनप्रतिनिधि थिए । उनले महाभारत गाउँपालिकालाई विकटबाट सुगम बनाउन उल्लेख्य भूमिका खेलेका छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.