सशस्त्रका डीआईजी पोखरेल एआईजी बढुवाका लागि सिफारिस

सशस्त्रका डीआईजी पोखरेल एआईजी बढुवाका लागि सिफारिस
सुन्नुहोस्

सुनसरी : सशस्त्र प्रहरीमा रिक्त रहेको सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक ( एआईजी) पदमा चितवनस्थित बाहिनीपति डीआईजी अन्जनी कुमार पोखरेललाई बढुवाका लागि सिफारिस गरिएको छ। गृह मन्त्रालयको बढुवा समितिका सदस्य सचिव नारायण दत्त पौडेलका अनुसार मंगलबार उनलाई एआईजी पदमा बढुवा सिफारिस गरेको हो ।

पोखरेल विशेषगरी गोताखोर तालिम सञ्चालन गर्ने दक्ष प्रहरी अधिकृतका रूपमा परिचित छन्। उनले सशस्त्र प्रहरीभित्र गोताखोर तालिमलाई व्यवस्थित र प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका खेलेका थिए। विपद् उद्धार, नदी तथा जलक्षेत्रमा हुने खोज तथा उद्धार कार्यमा उनले पुर्‍याएको योगदान उल्लेखनीय मानिन्छ। इमान्दार, कर्तव्यनिष्ठ र अनुशासित प्रहरी अधिकृतका रूपमा परिचित पोखरेल संगठनभित्र सुशासन स्थापित गर्ने अधिकृतका रूपमा चिनिन्छन्।  

यसअघि कोशी प्रदेश अन्तर्गत सुनसरीको बराह बाहिनी पकलीको बाहिनीपति रहँदा उनले सीमा क्षेत्रमा हुने चोरी तस्करी नियन्त्रणमा उल्लेखनीय सफलता हासिल गरेका थिए।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.