नव विवाहित महिलाको मृत्यु, दाइजो निहुँमा हत्याको आशंका
महोत्तरी : सम्सी गाउपालिका–१ पर्सा देवाडस्थित नव विवाहिता महिलाको शंकास्पद मृत्युपछि माइती पक्षले आफ्नो छोरीको दाइजोको निहुँमा हत्या गरिएको आरोप लगाएका छन । २०८२ फाल्गुन १४ गते सर्लाहीको हरिपुर्वा नगरपालिका–७ बसन्तपुर निवासी रामज्ञान मण्डल कि छोरी रंजिता मण्डलको महोत्तरीको सम्सी गाउपालिका–१ पर्सादेवाड निवासी विजय मण्डलको छोरा रमेश मण्डलसँग विवाह भएको थियो ।
विवाह सम्पन्न भएको ८३ दिन नपुग्दै रंजिताको मृत्यु भएको हो । मंगलवार साँझ उनले पासो लगाएर आत्महत्या प्रयास गरेको भन्दै उनका श्रीमानले उनलाई तत्काल उपचारको लागि रामगोपालपुर नगरपालिका–९ स्थित जानकी एकेडेमिक अस्पताल लगेको थियो । जहाँ चिकित्सकले उनलाई मृत घोषणा गरिएको थियो ।
यता माइत पक्षले आफ्नो छोरीले पासो नलगाएको र उसको ससुराली पक्षले हत्या गरिएको आरोप लगाएका छन् । मृतक कि आमा कौशिल्यादेवी मण्डलले केहि दिन अगाडि मात्रै आफनी छोरीसँग फोनमा कुरा हुँदा ससुराली पक्षले माइतबाट भैंसी दाइजोमा लिएर आउ भनेर भनेको बताएकी थिइन्। तथापि मेरो छोरीले तपाईहरुलाई दाइजोमा नगद १० लाख दिएको र सो पछि सुन लगायतको सामानहरु दिएकाले अब आफूले भैंसी नमाग्ने बताएपछि परिवारमा छोरीमाथि कुटपिट हुन थालेको र आज हत्या नै भएको आरोप लगाइन् ।
यता सोधपुछको लागि श्रीमानलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी हेरम्ब शर्माले बताए । उनले हत्या वा आत्महत्याबारे पोष्टमार्टम रिपोर्टपछि मात्र केहि भन्न सक्ने बताए । एसपी शर्माले शव पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल जलेश्वर पठाएको बताए । उनले घटनाको सुक्ष्म अनुसन्धान भइरहेको बताए । यता महिलाको मृत्यु पछि ससुराली घरमा सबै सदस्य सम्पर्कबिहीन छन् ।
प्रतिक्रिया दिनुहोस !