प्रधानमन्त्री संसदप्रति जवाफदेही हुनु हुन्न भने मार्गप्रशस्त गर्दा हुन्छ : हर्क साम्पाङ

प्रधानमन्त्री संसदप्रति जवाफदेही हुनु हुन्न भने मार्गप्रशस्त गर्दा हुन्छ : हर्क साम्पाङ

काठमाडौं : श्रम संस्कृति पार्टीका अध्यक्ष समेत रहेका सांसद हर्क साम्पाङले प्रधानमन्त्री संसदप्रति जवाफदेही नहुने हो भने मार्ग प्रशस्त गर्दा हुने सुझाव दिएका छन् ।

प्रतिनिधिसभाको आजको बैठक सुरु हुनासाथ आकस्मिक समयमा बोल्दै सांसद राईले सरकारको नेतृत्व गरिरहेको प्रधानमन्त्रीले सदनमा सांसदहरुले राखेका प्रश्नहरुको जवाफ दिनु पर्छ कि पर्दैन भन्दै प्रश्न गरेका छन् । सदनमा आफूहरूको गृह मन्त्रालय, रक्षा मन्त्रालयसँग सम्बन्धित प्रश्न प्रधानमन्त्रीसँग गर्नुपर्ने बताएका छन् ।

उनले प्रधानमन्त्रीले नै गृह र रक्षा मन्त्रालयको समेत जिम्मेवारी सम्हालिरहेको बताउँदै प्रधानमन्त्रीले सदनमा आएर जवाफ दिनु पर्ने बताए । उनले भने, ‘प्रधानमन्त्री यो संसदको सदस्य हो कि होइन, यदि उहाँले यो कर्तव्यपालन गर्न सक्नु हुन्न भने मार्ग प्रशस्त गर्दा राम्रो । उनले प्रधानमन्त्री कोही न कोहिप्रति जवाफदेही हुनुपर्ने बताए ।

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.