वन अतिक्रमित जग्गामुक्त अभियान स्थगित

वन अतिक्रमित जग्गामुक्त अभियान स्थगित
तस्बिर : राजकरण महतो
सुन्नुहोस्

महोत्तरी : हुकुम्बासी र सुकुम्बासी छुट्याउने सर्तमा वन क्षेत्रको अतिक्रमित जग्गामुक्त अभियान स्थगित भएको छ। डिभिजन वन कार्यालय महोत्तरीले मंगलबार बिहानदेखि सुरु गरेको सार्वजनिक जग्गा अतिक्रमितमुक्त अभियान तत्कालको लागि स्थगित गरिएको हो।

गौशाला नगरपालिका १ र बर्दिबास नगरपालिका ५ मा पर्ने वनको जग्गालाई अतिक्रमित गरि निर्मित घरटहरा हटाउने प्रक्रिया हटाउने अभियान सुरु भएपछि स्थानीयले अवरोध गरेका थिए। स्थानीय पूर्व–श्चिम महेन्द्र राजमार्ग अवरोध गरी प्रदर्शनमा उत्रिएपछि विवाद उग्र भएको थियो। सो विवाद साम्य पार्न वडाध्यक्ष कारमान स्याङ्वा र वन डिभिजन कार्यालय महोत्तरीका प्रमुख अजयकुमार मिश्रबीच छलफल भएको थियो।

सोही क्रममा उनीहरूबीच तत्कालका लागि अभियान स्थगित गरी वास्तविक सुकुम्बासी र हुकम्बासी छुट्याएर प्रक्रिया पु¥याएर अभियान सञ्चालन गर्ने सहमति भएको थियो। व्यापक मात्रामा सुरक्षाकर्मीसहित डोजर लिई त्यहाँ घर भत्काउन खोज्दा उनीहरू आन्दोलित भएको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ। बिहान साढे ८ बजेदेखि सुरु भएको आन्दोलन बिहान १० बजे वार्तामार्फत सहमति भएपछि आन्दोलन स्थगित भएको प्रहरीले जनाएको छ।

यसभन्दा अगाडि त्यहाँ निर्माण गरिएको घरटहरा हटाउन डिभिजन वन कार्यालय महोत्तरीले १५ दिने, ७ दिने र ३ दिने सार्वजानिक सूूचना जारी गरिएको डिभिजन वन कार्यालय महोत्तरीले जनाएको छ। 

वन डिभिजन कार्यालय महोत्तरीका प्रमुख मिश्रले भने, ‘राजमार्ग छेउछाउमा अन्य स्थानका हुकुम्बासीले वनका जग्गा अतिक्रमित गरी घर निर्माण गरेका छन्। सुरुमा सानो पसल टहरा बनाएर सुरु गरिएको व्यवसाय अहिले अर्धपक्की घरका रूपमा निर्माण गरिसकेका छन्।’ गौशाला नगरपालिका–१ र बर्दिबास नगरपालिका–५ अवस्थित महेन्द्र राजमार्गको छेउछाउमा २० वटा घरहरू छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.