सुर्खेत विमानस्थलबाट निःशुल्क सटल बस सेवा विस्तार

सुर्खेत विमानस्थलबाट निःशुल्क सटल बस सेवा विस्तार

वीरेन्द्रनगर : कर्णाली प्रदेशको प्रमुख हवाई प्रवेशद्वारका रूपमा रहेको सुर्खेत विमानस्थलबाट सञ्‍चालन हुँदै आएको निःशुल्क सटल बस सेवा विस्तार गरिएको छ । सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाले विमास्थल र सटल बस सेवा अनुगमनपछि यात्रुको सुविधाका लागि सेवा विस्तार गर्न निर्देशन दिएका हुन् । 

सचिव निरौंलाको निर्देशनपछि सुर्खेत नागरिक उड्डयन कार्यालय अन्तर्गत विमानस्थल प्रमुख हिराजन काफ्लेले निःशुल्क सटल बस सेवा विस्तार गरिएको बताए । सुर्खेत नागरिक उड्डयन कार्यालयले जारी गरेको सूचना अनुसार शुक्रबारदेखि निरन्तर विमानस्थलदेखि मुख्य बजार क्षेत्रसम्म यात्रुहरूको सहज आवतजावतका लागि सटल बस सेवा सञ्चालन हुनेछ । यसले विमानस्थल आउने र जाने सेवाग्राहीहरुका लागि बिमानस्थल जान र फर्किन सहजता हुने भएको छ ।

सुर्खेत विमानस्थलले एक पछि अर्को सेवा विस्तार गर्दै कर्णालीको सुविधायुक्त विमानस्थल बन्दै गएको छ । विमानस्थल प्रमुख काफ्लेले जारी गरेको सूचनामा भनिएको छ, ‘यस नागरिक उड्डयन कार्यालयाट यात्रुहरुका लागि निःशुल्क सटल बस सेवा विमानस्थलदेखि तीनकुने चोकसम्म सञ्‍चालन हुँदै आएकोमा उक्त सटल बस सेवा मिति २०८३ -०२-०८ गतेदेखि सुर्खेत विमानस्थलदेखि कालुन्चोक, घण्टाघर चोक, मंगलगढी चोक हुँदै तीनकुने चोकसम्म सञ्‍चालन हुने हुँदा सम्पूर्ण यात्रु महानुभावहरुको जानकारी लागि अनुरोध गरिन्छ ।’ 

सुर्खेत विमानस्थल कर्णाली प्रदेशको पर्यटन, व्यापार तथा प्रशासनिक गतिविधिको प्रमुख हवाई केन्द्रका रूपमा विकसित हुँदै गएको छ । पछिल्लो समय काठमाडौंबाट दैनिक रुपमा श्रीइएर लाइन्स र बुद्ध यएर लाइन्सबाट नियमित उडान हुने र कर्णालीका हिमाली जिल्लातर्फ जाने यात्रुहरूको संख्या बढ्दै जाँदा विमानस्थल आसपास यातायात व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको थियो । यही अवस्थालाई सहज बनाउन सटल बस सेवा विस्तार गरिएको पर्यटन मन्त्रालयका सचिव निरौलाले बताए ।

उनले भने, ‘विशेष गरी आन्तरिक हवाई यात्रु, पर्यटक, ज्येष्ठ नागरिक तथा पहिलो पटक सुर्खेत आउने यात्रुहरूलाई लक्षित गर्दै यो सेवा प्रभावकारी बनाउन सञ्‍चालन रुट विस्तार गरिएको छ । यात्रुहरूले विमानस्थलबाट बजारसम्म पुग्न महँगो निजी सवारी प्रयोग गर्नुपर्ने बाध्यता कम हुने विश्वास हामीले लिएका छौं ।’

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरसँग विमानस्थलको पहुँच थप व्यवस्थित हुँदा पर्यटन तथा सेवा क्षेत्रलाई समेत प्रत्यक्ष लाभ पुग्ने स्थानीय व्यवसायीहरूको भनाइ छ । सुर्खेतको वीरेन्द्रनगरस्थित होटल शुभका सञ्चालक मानव बमले सुर्खेत बिमानस्थलमा निःशुल्क सटल बस सेवा विस्तार हुँदा यहाँका व्यवसायीहरुलाई पनि सहज भएको बताए । 

उनले भने, ‘हाम्रो होटलमा आउने पाहुनाहरुलाई बिमानस्थलबाट होटलमा आउन छुट्टै गाडी सेवा दिनु पर्थ्याे । कहिलेकाँही होटेलको गाडी अन्यत्र गएको बेला गाडी खोजेर बिमानस्थल पठाउनुपर्ने समस्या थियो । अब त्यो समस्या नहुने भयो ।’ उनका अनुसार कर्णालीको आन्तरिक उडान पनि सरकारले सुर्खेत बिमानस्थलबाटै सञ्चालन गर्न आग्रह गरे । उनले भने, ‘कर्णालीको आन्तरिक हवाई सेवा लुम्बिनी प्रदेशको नेपालगञ्जबाट भईरहेको छ । यसले कर्णालीवासीलाई असुविधा भएको छ । अर्को यहाँको स्थानीय व्यपार व्यवासय प्रबद्र्धनमा समस्या भईरहेको छ । कर्णालीका अन्य जिल्लामा हुने हवाई उडानहरु सुर्खेत विमानस्थलबाटै हुनुपर्छ ।’ 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.