सोनमाका प्रशासकीय अधिकृत अख्तियारको फन्दामा
महोत्तरी : उपभोक्ता समितिसँग घुस लिँदै गर्दा सोनमा गाउँपालिकाका प्रशासकीय अधिकृत श्रीदेव यादव पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले उनलाई ७२ हजार घुस रकम सहित पक्राउ गरिएको हो।
महोत्तरीको औरही सडकखण्डबाट अख्तियारको टोलीले नियन्त्रणमा लिई उनीमाथि थप अनुसन्धान गरिरहेको अख्तियार स्रोतले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !