अमेरिका–इरान युद्धको असर : २७ देशले मागे विश्व बैंकसँग आर्थिक सहयोग

अमेरिका–इरान युद्धको असर : २७ देशले मागे विश्व बैंकसँग आर्थिक सहयोग
सुन्नुहोस्

इरान : इरान युद्धबाट प्रभावित २७ देशहरूले विश्व बैंकसँग आर्थिक सहयोग मागेका छन् । समाचार एजेन्सी रोयटर्सका अनुसार इरानमा युद्ध सुरु भएपछि हालसम्म २७ देशहरूले विश्व बैंकसँग आर्थिक सहयोगका लागि अपिल गरेका छन् ।

ती देशहरूले इरानसँगको द्वन्द्वका कारण आफ्नो अर्थतन्त्रमा गम्भीर असर परेको बताएका छन् । रोयटर्सले उद्धृत गरेका दस्तावेजहरूमा न त ती देशहरूको नाम खुलाइएको छ, न त माग गरिएको रकमको स्पष्ट विवरण दिइएको छ । विश्व बैंकले यस विषयमा टिप्पणी गर्न अस्वीकार गरेको छ । रिपोर्ट अनुसार, २८ फेब्रुअरीमा इरान र अमेरिका–इजरायलबीच द्वन्द्व सुरु भएयता विश्वभर ऊर्जा बजारमा ठूलो अस्थिरता देखिएको छ । 

यसको असर आपूर्ति शृङ्खलामा परेको छ र विकासशील देशहरूमा आवश्यक खाद्य (फर्टिलाइजर) को ढुवानीमा पनि अवरोध आएको छ । केन्या र इराकका अधिकारीहरूले पुष्टि गरेका छन् कि उनीहरू युद्धको असर कम गर्न विश्व बैंकसँग आपतकालीन आर्थिक सहायता मागिरहेका छन् । यो युद्धका कारण केन्यामा इन्धनको मूल्य तीव्र रूपमा बढेको छ भने इराकको तेल आम्दानीमा पनि ठूलो गिरावट आएको छ । यी २७ देशहरू विश्व बैंकको आपतकालीन वित्तीय सहायता प्रणाली पहुँच पाउने १०१ देशमध्येका हुन् ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.