ह्वाइट हाउस बाहिर गोली चल्दा बन्दुकधारीको मृत्यु, ट्रम्प सुरक्षित

ह्वाइट हाउस बाहिर गोली चल्दा बन्दुकधारीको मृत्यु, ट्रम्प सुरक्षित

वासिङ्टन डीसी : अमेरिकी राष्ट्रपतिको निवास ह्वाइट हाउस बाहिर शनिबार साँझ भीषण गोली हानाहान भएको छ। सुरक्षा चेकपोइन्टमा आक्रमण गर्न खोज्ने एक बन्दुकधारी सुरक्षाकर्मीको जवाफी कारबाहीमा मारिएका छन् भने एक सर्वसाधारण गम्भीर घाइते भएका छन्।

अमेरिकी गुप्तचर निकाय 'सीक्रेट सर्भिस'का अनुसार शनिबार बेलुकी ६ बजेभन्दा केही समयअघि एक व्यक्ति ह्वाइट हाउस परिसर बाहिरको सुरक्षा चेकपोइन्टमा पुगेर अचानक सुरक्षाकर्मीहरूमाथि अन्धाधुन्ध गोली चलाउन थालेका थिए। प्रारम्भिक अनुसन्धानलाई उद्धृत गर्दै सीक्रेट सर्भिसका प्रवक्ताले जनाएअनुसार, स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मीहरूले तुरुन्तै जवाफी फायरिङ गरेका थिए। सुरक्षाकर्मीको गोली लागेर ढलेका संदिग्ध बन्दुकधारीलाई तत्कालै स्थानीय अस्पताल पुर्‍याइए पनि उपचारका क्रममा उनको मृत्यु भएको छ।

यसै क्रममा त्यहाँ उपस्थित एक सर्वसाधारण (बाइस्ट्यान्डर) पनि  गम्भीर घाइते भएका छन्। कानुनी निकायका अधिकारीहरूका अनुसार अस्पतालमा उपचाररत ती सर्वसाधारणको अवस्था चिन्ताजनक छ। तर, उनलाई बन्दुकधारीको सुरुवाती गोली लागेको हो वा दुई पक्षबीच भएको क्रसफायर (दोहोरो गोली हानाहान) का क्रममा गोली लागेको हो भन्ने कुरा अझै स्पष्ट भइसकेको छैन।

घटनामा सीक्रेट सर्भिसका कुनै पनि सुरक्षाकर्मी घाइते भएका छैनन्। गोली चल्दाको समयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ह्वाइट हाउसकै निवासमा थिए। उनी पूर्ण रूपमा सुरक्षित रहेको र घटना लगत्तै सीक्रेट सर्भिसले उनलाई सम्पूर्ण वस्तुस्थितिबारे जानकारी (ब्रिफिङ) गराइसकेको ह्वाइट हाउसका एक अधिकारीले पुष्टि गरेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.