प्रि ओपन सेसनमा नेप्से परिसूचक घट्यो
काठमाडौं : प्री ओपन सेसनमा नेप्से परिसूचक साढे पाँच अंकले घटेर बन्द भएको छ। साताको सेयर कारोबारको पहिलो दिन सोमबार नेप्से परिसूचक ५.५५ अंकले घटेर २७५२.९४ विन्दुमा अडिएको छ।
यो समयमा ६५ वटा स्क्रिप्सको १३ हजार ३०३ कित्ता सेयर १ करोड २ लाख ३१ हजार ३६३ रुपैयाँमा खरिदबिक्री भए। कारोबारमा आएकामध्ये २० वटा स्टक्सको मूल्य बढ्दा ३६ वटाको घट्यो। ९ वटा स्टक्सको मूल्य भने यो समयमा स्थिर रह्यो।
प्रतिक्रिया दिनुहोस !