जनलोकपाल आयोगको २ सदस्य नियुक्त
जनकपुरधाम : जनलोकपाल आयोग मधेश प्रदेशको रिक्त सदस्य पदमा दुई जनाको नियुक्ति भएको छ। मधेश प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख श्री सुरेन्द्र लाभ कर्ण आज एक समारोहका बीच दुई सदस्यको शपथ ग्रह गराएका हुन्।
प्रदेश जनलोकपाल आयोगको गठन, काम, कर्तव्य र अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको प्रदेश जनलोकपाल ऐन, २०७७ को दफा २३ को उपदफा (२) बमोजिम गठित समितिको सिफारिसमा औरही नगरपालिका-७, महोत्तरीका सञ्जीव कुमार झा र औरही ८ श्रीपुर महोत्तरीका कुमारी सुजाता विमललाई नियुक्त गरिएको हो।
पछिल्लो समय काम न काजको जनलोकपाल आयोग भएको भन्दै व्यापक आलोचना भइरहेको छ। आयोगको मुख्य काम, कर्तव्य र अधिकारमा नीतिगत भ्रष्टाचार नियन्त्रण, घुस लेनदेनको मुद्दा अभियोजन तथा सुशासन कायम गर्ने मुख्य अधिकार छ। तर जनशक्ति र आफ्नै प्रहरी प्रशासनको अभावमा आयोग बेकामे भएको व्यापक चर्चा छ।
प्रतिक्रिया दिनुहोस !