काजकिस्तानलाई पराजित गर्दै इरानलाई काभा महिला भलिबल च्याम्पियनसिपको उपाधि
काठमाडौं : काजकिस्तानलाई पराजित गर्दै काभा महिला भलिबल च्याम्पियनसिपको उपाधि इरानले जितेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा भएको फाइनल खेलमा इरानले काजकिस्तानलाई ३–१ ले हराएको हो ।
इरानले काजकिस्तानलाई २५–१८, १९–२५, २५–१५ र २५–२१ ले पराजित गर्दै उपाधि रक्षा गरेको हो । पहिलो तेस्रो र चौथो सेट जित्दै इरानले उपाधि जितेको हो । काजकिस्तानलाई पराजित गर्दै इरानले प्रतियोगिताको उपाधि रक्षा गरेको छ । सन् २०२५ मा उज्वेकिस्तानमा भएको काभा महिला भलिबल च्याम्पियनसिपमा घरेलु टोली उज्वेकिस्तानलाई हराउँदै इरानले उपाधि जितेको थियो । यसअघि आजै भएको तेस्रो स्थानको खेलमा भारतले नेपाललाई ३–१ को सेटमा पराजित गर्दै काश्य पदक जितेको हो ।
भारतसँग पराजित हुँदा नेपाल पदकविहीन
भारतसँग प्रतियोगिता नेपालको लागि नयाँ खेलाडीहरुका लागि राम्रो एक्स्पोजर रहेको बताए । ‘पहिलाका प्रतियोगिताहरूमा भन्दा हामीले अहिले निकै उच्चस्तरका टिमहरुसँग खेलिरहेका छौं त्यसले गर्दा हामीलाई हामीभन्दा कम स्तरका टोलीसँग खेलेर जित्नुभन्दा ठूलो स्तरका टोलीसँग खेलेर हार्नु निकै राम्रो एक्स्पोजर भएको छ ।’
यसअधि समूह चरणमा पनि नेपाल भारतसँग पराजित भएको थियो । समूह चरणको निक्कै प्रतिस्पर्धात्मक खेलमा नेपाल भारतसँग पाँचौं सेटमा पुगेर पराजित भएको थियो । यसअघि, बिहीबार सम्पन्न सेमिफाइनलमा कजाखस्तानले भारतलाई ३–० को सोझो सेटमा पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो । अर्को सेमिफाइनलमा इरानले नेपालमाथि समान ३–० को जित निकालेको थियो ।
नेपाल र भारत दुवै समूह ‘ए’ बाट अन्तिम चारमा प्रवेश गरेका थिए । समूह चरणमा भारतले सबै खेल जित्दै समूह विजेता बनेको थियो भने नेपाल उपविजेताका रूपमा सेमिफाइनल पुगेको थियो । यता, इरानले प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्दै अपराजित यात्रा कायम राख्दै च्याम्पियन बनेको हो। यसै पटक समूह चरणमै कजाखस्तानलाई ३–० को स्पष्ट अन्तरले हराएको इरानले फाइनलमा पनि त्यही लय कायम राख्न सफल भयो । प्रतियोगिताको अन्य स्थान निर्धारणतर्फ किर्गिस्तान पाँचौं स्थानमा रह्यो भने श्रीलंका छैटौं स्थानमा सीमित भयो । त्यस्तै माल्दिभ्स सातौं स्थानमा रहँदा कुनै पनि खेल जित्न नसकेको बंगलादेश पुछारमा रह्यो ।
प्रतिक्रिया दिनुहोस !