बालिकामाथि जबरजस्ती करणीको अभियोगमा दुई जना पक्राउ
ललितपुर : ललितपुरमा एक १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । प्रहरीले बालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा ललितपुर महानगरपालिका–२२ भैँसीपाटी बस्ने भारत मोतिहारी घर भएका ५४ वर्षीय रमेश साहलाई शुक्रबार दिउँसो पक्राउ गरेको हो ।
रमेशले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी प्रभाग सानेपाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस्तै एक १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा लेटाङ नगरपालिका–९ बस्ने ५५ वर्षीय रामबहादुर तामाङलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
रामबहादुरले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय लेटाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनसुन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस !