अत्याधिक गर्मीका कारण विद्यार्थीहरू बेहोस भई अस्पताल भर्ना
महोत्तरी : अत्याधिक गर्मीका कारण महोत्तरीको कान्तिबजार विद्यालयका १० जना विद्यार्थी बेहोस भई अस्पताल भर्ना भएका छन्। गौशाला नगरपालिका-१२ मा रहेको राष्ट्रिय मावि कान्तिबजारमा अध्ययनरत भएपछि उनीहरूलाई अस्पताल भर्ना गरिएको हो।
उनीहरूमा वाकवाकी लाग्ने, रिंगटा लाग्ने, गर्मीकै कारण बेहोस हुने जस्ता समस्या देखिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सन्तोषकुमार सिंहले बताए। उनीहरूमध्ये १ जनालाई प्राथमिक स्वास्थ्य उपचार केन्द्र गौशाला र अन्यलाई स्थानीयस्तरमा उपचार भइरहेको अध्यक्ष सिंहले जानकारी दिएका छन्।
विद्यालयमा पंखा नभएको र अत्यधिक गर्मी भएकै कारण उनीहरूमा यस्तो समस्या देखिएको विद्यालय स्रोतले जनाएको छ। विद्यार्थीलाई तत्काल अस्पताल भर्ना गराइको र उपचारपछि उनीहरूको स्वास्थ्य अवस्था सामान्य भएपछि घर फर्केका हुन।
प्रतिक्रिया दिनुहोस !