तीर्थ सम्राट् देवघाट

कविता

तीर्थ सम्राट् देवघाट
फाईल तस्बिर
सुन्नुहोस्

सेती गुप्त सरस्वती प्रकट मै मिल्छिन् त्रिशूली गई।
सेती गुप्त कतै कतै प्रकट छन् हो नाम शुक्ला पनि।।
कालीको र त्रिशूलको जल यहीं देखिन्छ तिन्टा नदी।

जाँदैछन् किन हो प्रयागतिर नै देखिन्न तिन्टा नदी।।
                                    १
छन् गंगा यमुना नदी सरसती छैनन् नदेखे पनि।
त्यागी दृश्य कुरा अदृश्यतिर नै जान्छन् त्रिवेणी भनी।।
माता पूज्य पिता प्रत्यक्ष भगवान् पुज्दैन मान्छे भनी।
पुज्दैछन् किन हो विदेश तिरको माटो शिला हुन् भनी।।
                                     २
मर्यादा किन देवघाट स्थलको देखिन्न सच्चा भनी।
सेती गुप्त बनिन् छ देवस्थलको उस्तै दुरुस्तै छवि।।
मर्यादा नगरुन् हिमाल चुचुरो भुक्दैन होचो हुन।
शालग्राम असंख्य छन् उदरमा द्यौघाट झुक्ने किन।।
                              ३
पूजा गर्न मिल्यो छ भाव मनमा ढुंगो भयो देवता।
गर्दा स्नान मिलेन छैन जलनै न्वाइन्न पानी बिना।।
पूजा हुन्छ प्रयागमा सरस्वती मानेर सद्भावले।
गर्दा स्नान त चाहियो जल स्वयं न्वाइन्न सद्भावले।
                                 ४
खाली पेट कसै भरिन्न जसरी रोटी बिना भातले।
त्यस्तै स्नान हुँदैन यो मुलुकमा पानी बिना बातले।।
छैनन् दृश्य प्रयागमा सरसती छोइन्न त्यो हातले।
गर्छन् स्नान प्रयागमा सरसती पानी बिना बातले।।
                                  ५
बोल्ने भारतको पीठो पनि बिक्यो नेपालको चामल।
लागेछन् घुन भन्छ भारत सधैं बिक्दैन त्यो चामल।।
खै तिन्टा सरिता प्रयाग जलमा द्यौघाटमा छन् तर।
हुन्छन् भारतमा हुँदा सुन हिरा नेपालमा गोबर।
                                 ६
यै द्यौघाट समान तीर्थ अरू क्वै देखिन्न संसारमा।
नेपालीहरू नै प्रयाग तिर नै जान्छन् ठूला पर्वमा।।
आफ्नैले अपमान गर्छ कसले सम्मान गर्ला भनी।
चिन्ताग्रस्त भएर छन् विरहमा द्यौघाट पुण्य स्थली।।
                                ७
छैनन् दृश्य प्रयागमा सरसती वेणी नुहाएँ भन।
गर्छौं स्नान दुई नदी जल लिई भन्छौ त्रिवेणी किन।।
बोल्छौ तीर्थ गई झुटो किन तिमी पिर्नेछ त्यै पापले।
पोल्टाको पनि नासिने डर भयो भैंको लिने आशले।।
                               ८
यै द्यौघाट पवित्र तीर्थजलमा काली र सेती सती।
छन् तिन्टै सरिता प्रतक्ष जलमा जाऊन् त्रिवेणी भनी।
सीता बुद्ध वराह व्यास शिव छन् नेपाल भूस्वर्ग हो।
बैकुण्ठेश्वर छन् शिला सकलमा द्यौघाट वैकुण्ठ हो।।
                               ९
काली श्रीहरिकी प्रिया र हरकी भन्छन् त्रिशूली सब।
सेती छन् जलमा हरिश हरको श्री भारतीको स्थल।।
द्यौताले पनि न्वाउँछन् मकरमा यो देवको घाट हो।
ब्रह्मा विष्णु महेशको जल हुँदा यो तीर्थ सम्राट् हो।।
                              १०


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.