नेपाल आइपुग्यो मनसुन

 नेपाल आइपुग्यो मनसुन

काठमाडौं: यो वर्षको मनसुन बुधबार नेपाल प्रवेश गरेको छ। सामान्य समयभन्दा पांच दिन ढिलो गरी प्रवेश गरेको मनसुनका कारण पूर्वी नेपालका अधिकांश भागमा वर्षा भइरहेको छ। जलवायु तथा मौसम पूर्वानुमान महाशाखाले पूर्वी नेपालबाट मनसुन प्रवेश गरेको औपचारिक घोषणा गरेको छ।

बरिष्ठ मौसमविद् मीनकुमार अर्यालले भने,‘ पूर्वबाट अब क्रमस मध्य र पश्चिमतर्फ फैलिन्छ,'मैसमी नक्सा तथा भू उपग्रहले खिचेका बादलका तस्वीरका आधारमा मनसुन केही दिनभित्रै नेपालभरी सक्रिय रुपमा फैलिने अनुमान जलवायु तथा मौसम विज्ञान विभागको छ।

सामान्य अवस्थामा जुन १० मा मनसुन नेपाल आइपुग्नुपर्ने हो। दक्षिण एसीयामा मनसुन सुरु हुने मूख्य स्थान भारतको केरालामै यो पटक नौ दिन ढिलो मनसुन आइपुगेको थियो। दक्षिण एसीयाली मनसुन बंगालको खाडीमा विकास भइ उत्तरपश्चिमतर्फ अघि बढ्छ।

नेपालमा जुनदेखि सेप्टेम्बरसम्म मनसुन सक्रिय रहन्छ। यसअघिका सबै वर्षा मनसुन सक्रिय बनाउने (प्रि मनसुन) वर्षा हुन्। पूर्वको मनसुन बंगालको खाडीमा तथा पश्चिमी प्रणाली अरेबियन समुन्द्रमा विकास हुन्छ। अरेबियन समुन्द्रमा विकास भएको मनसुन मध्यभारत हुदै कहिलेकांही पश्चिमबाटसमेत भित्रिन्छ।

 

मौसमविद्हरुले यो वर्षको मनसुनमा औषत वर्षा हुने प्रक्षेपण यसअघि नै गरिसकेका छन्। दक्षिण एसीयाली मौसमविद्हरुको संस्था जलवायु दृष्टिकोण मञ्चले लालिनो सक्रिय हुदै गएकोले राम्रो वर्षा हुने अनुमान गरेको हो।

अघिल्लो वर्ष नेपालमा औषतभन्दा कम वर्षा भएको थियो। गत महिना भएको बैठकपछि दक्षिण एसीयाली मौसमविद्हरुले नेपालको सुदुरपश्चिम तराईका केही भाग तथा केही पहाडी भागमा सरदरभन्दा बढी र पूर्वका केही तराई तथा पहाडी भागमा कम वर्षाको अनुमान गरेका छन्।

देशका बांकी भागमा भने सरदर नै वर्षा हुने अनुमान गरिएको मौसमविद् शिव नेपालले बताए।दक्षिण एसीयाली मनसुनलाई मूख्य रुपमा प्रभाव पार्ने एलनीनोको अवस्था कमजोर हुदै गएको र लानिनोको अवस्था (मौसमी प्रणाली) बलियो हुदै गएकोले मनसुनको अन्त्यतीर बढी वर्षा हुने मौसमविद्हरुको निश्कर्ष छ। तर मनसुनका समयमा हुनसक्ने अतिबृष्टी र अनाबृष्टिका बारेभने कुनै अनुमान र विश्लेषण भएको छैन।

पछिल्ला वर्षमा जलवायु परिवर्तनका कारण छाटो समयमा धेरै परिणाममा पानी पर्ने र सुख्खा हुने क्रम बढिरहेको छ। मनसुन ढिलो हुनुमा पनि जलवायु परिवर्तन नै मूख्य कारण रहेको विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुसन्धानहरुको निश्कर्ष छ।

पूर्वको मनसुन बंगालको खाडीमा तथा पश्चिमी प्रणाली अरेबियन समुन्द्रमा विकास हुन्छ। अरेबियन सीमा विकास भएको मनसुन मध्यभारत हुदै पश्चिमबाट नेपाल भित्रिन्छ। नेपालमा वर्षभरीमा हुने कुल वर्षाको ८० प्रतिशत वर्षा मनसुनका चार महिनामा हुन्छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.