वीरगञ्जबाट नौजना चिकित्सक पक्राउ

वीरगञ्जबाट नौजना चिकित्सक पक्राउ

असारः नेपाल प्रहरीको केन्द्रय अनुसन्धान ब्यूरो (सीआईबी)ले वीरगन्जबाट नौजना चिकित्सकलाई पक्राउ गरेको विरोधमा वीरगन्जका सरकारी तथा निजी अस्पतालमा कार्यरत चिकित्सक हडतालमा उत्रिएका छन् ।

नेपाल चिकित्सक संघ पर्साको आह्वानमा वीरगन्जका सरकारी तथा निजी अस्पताल, नर्सिङ होम र क्लिनीकको सेवा नै ठप्प पारेर चिकित्सक हडतालमा उत्रिएका हुन् ।

चिकित्सक हडतालमा उत्रिएपछि नारायणी उपक्षेत्रीय अस्पताल र नेशनल मेडिकल कलेजको आकस्मिक उपचार कक्ष बाहेक सबै उपचार सेवा ठप्प भएका छन्।

डाक्टर काम नै ठप्प पारेर हडतालमा उत्रिएका कारण उपचारका लागि अस्पताल र निजी क्लिनीकमा पुगेका बिरामी र सेवाग्राी अलपत्र परेका छन् ।
नारायणी उपक्षेत्रीय अस्पतालको मेडिल बहिरङग (ओपीडी) विभाग अगाडि शुक्रबार मध्यान्ह १२ बजे अलपत्र अवस्थामा भेटिएका पर्सा भौराटारका नन्दु यादवले भने ,‘बिहान १० बजेदेखि नै डाक्टरलाई कुरेर बसेको छु , डाक्टर आउने अत्तोपत्तो छैन  ।

यस्तै, वीरगन्जका अन्य निजी अस्पताल, नर्सिङहोम र क्लिनीकमा पनि डाक्टर नभेटिएपछि बिरामी उपचार बिना नै घर फर्किएका छन् ।


सिआईबीको टोलीले शुक्रबार बिहान नौ बजे चिकित्सकलाई नियन्त्रणमा लिए लगत्तै अस्पताल, नर्सिङहोम र क्लिनिक बन्द गरेर डाक्टर जिल्ला प्रहरी कार्यालय पर्सामा भेला भएका थिए ।

सिआईबीको टोलीले पक्राउ परेका चिकित्सकलाई दिउँसो ३ बजे तिर काठमाडाँै लिएर गएपछि चिकित्सक र स्वास्थ्यकर्मीले प्रहरी र सिआईबी विरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरेका छन् ।
 
डाक्टर पक्राउ परेपछि विभिन्न राजनीतिक दलका नेता कार्यकर्ताहरु पनि शुक्रबार दिउँसो जिल्ला  प्रहरी कार्यालय पर्सामा पुगेका थिए । नेपाली कांग्रेस, नेकपा एमाले, संघीय समाजवादी फोरम नेपाल, राष्ट्रिय मधेस समाजवादी पार्टीका नेता कार्यकर्ताले पनि जिल्ला प्रहरी कार्यालय परिसर भित्रै प्रहरी विरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरेका छन् ।

प्रहरीले अस्पतालको अप्रेशन थियटर, आकस्मिक कक्ष र क्लिनीकमा बिरामीको उपचार गरिरहेकै अवस्थामा डाक्टरलाई सिआइबीको टोलीले अपहरणकारीको शैलीमा पक्रेर लगेको आरोप लगाएका छन्।

नेपाल चिकित्सक संघ पर्साका निवर्तमान अध्यक्ष डाक्टर रविन्द्र सिंहले प्रहरीले गुण्डागर्दी शैलीमा चिकित्सकलाई अस्पताल परिसरबाटै पक्रेर लगेकाले विरोध गरिएको बताए  ।

‘छानबिन प्रति हाम्रो कुनै आपत्ति छैन । तर, पक्राउ गर्ने शैली ठिक भएन', उनले भने,‘प्रहरीले किन ? के का लागि पक्रेको हो र  पक्रेर कहाँ लग्यो भन्ने बारेमा समेत जानकारी दिएको छैन ।'

 शुक्रबार साँझ वीरगन्जमा बसेको नेपाल चिकित्सक संघ पर्साको आकस्मिक बैठकले सिआईबीको कार्यशैलीको विरोध गर्दै अर्को निर्णय नभएसम्मका लागि चिकित्सक काममा नफर्कने निर्णय गरेको छ ।

सरकारी र नीजी सबै अस्पतालको इमरेजेन्सी बाहेक अरु सबै उपचार सेवा सेवा ठप्प पार्ने निर्णय भएको छ, संघका निवर्तमान अध्यक्ष सिंहले भने ,‘शनिवार बिहान फेरि अर्को बैठक बसेर आन्दोलनका थप कार्यक्रम घोषणा गर्छौँ ।'

डाक्टरलाई पक्राउ गरेको प्रति राजनीतिक दलका नेताले पनि आपत्ति जनाएका छन् ।


राष्ट्रिय मधेस समाजवादी पार्टीका केन्द्रीय सदस्य राजेशमान सिंहले भने ,‘प्रहरीले छानबिन गर्न पाउनु पर्छ , तर पक्राउ गर्ने शैली ठिक भएन, अपराधीलाई गर्ने व्यवहार जस्तै प्रहरीले डाक्टसँग गर्यो ।'  

काठमाण्डौबाट सिआईबीका डिएसपी फिरोज बस्नेतको नेतृत्वमा आएको टोलीले पर्सा प्रहरीको सहयोगमा नौ जना चिकित्सलाई कार्यरत अस्पताल र क्लिनीकबाटै पक्राउ गरेको हो ।

 मेडिकल शिक्षा एमबीबीएस पढ्दा आइएससीको नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको आरोपमा सिआईबीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्सा श्रोतले जनाएको छ ।

पक्राउ पर्नेहरुमा नारायणी उपक्षेत्रीय अस्पतालमा कार्यरत रौतहट तेजापाकड घर भएका डा.सरोज सिंह, पर्स बगही घर भएका डा. कुशराज गिरी र पर्सा भवानीपुर घर भएका डा. पन्नालाल पटेल, नेशनल मेडिकल कलेज वीरगन्जमा कार्यरत रौतहट तेजापाकड घर भएका डा. मोहम्मद रहुल्ला खान, रौतहट सखुअवा घर भएका डा. निमिष पाल राम, बारा कलैया घर भएका डा. रामकुमार प्रधान, वीरगन्ज छपकैया घर भएका डा. इश्रादुल हक तथा वीरगन्ज छपकैया घर भएका डा. दिनेश साह र डा. अरुण कुमार गुप्ता रहेका छन् । पक्राउ परेका सबै डाक्टरलाई शुक्रबार दिउँसै काठमाडौँ लगिएको छ ।

नेपाल मेडीकल काउन्सिलले स्वास्थ्य सेवामा नक्कली डाक्टर देखीएपछि छानबिनका लागि पत्र नै पठाएपछि प्रहरी टोलीले देश भरीका सबै चिकित्सकको शैक्षिक प्रमाणपत्रको छानबिन कार्य अघि बढाएको वीरगन्जमा आएको सिआईबी टोलीका एक अधिकृतले बताए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.