स्विडेनलाई हराउँदै इटाली प्रिक्वार्टरमा
पेरिस: लगातार दुई ठुला प्रतिद्धन्द्धीविरुद्ध जित हात पार्दै साविक उपविजेता इटाली युरोकप फुटबलको नकआउट चरण पुगेको छ। ग्रुप अफ डेथ मानिएको समूह 'इ' अन्तर्गत शुक्रबार साँझ भएको खेलमा स्विडेनलाई १-० गोलले हराएको इटाली लगातार दोस्रो जितसँगैं अन्तिम १६ मा पुगेको हो।
इटालीले आफ्नो पहिलो खेलमा फिफा वरियताक्रममा दोस्रो स्थानमा रहेको बेल्जियमलाई २-० गोलले हराएको थियो। इटाली जारी युरोकपमा दोस्रो चरण पुग्ने इटाली दोस्रो टोली हो। यस अघि आयोजक फ्रान्सले पनि समूहगत चरण पार गरिसकेको छ।
इटालीको जितमा एदरले निर्णायक गोल गरे। ८८ औं मिनेटमा एदरले आकर्षक गोल गरेका थिए। जर्जियो चेलिनीले गरेको 'थ्रो'मा जाजाले छातीले बल नियन्त्रणमा लिंदै पास उपलब्द गराएपछि एदरले विपक्षी तीन खेलाडीलाई छक्याएर गोल गरेका थिए।
एदरले डिबक्स नजिकैबाट बल प्रहार गरेका थिए। समूह 'ई'मा इटाली दुई खेलबाट ६ अंक जोडेर शिर्षस्थानमा छ। स्विडेनको दुई खेलपछि र आयरल्यान्डको एक खेलपछि एक एक अंक छ। एक खेल खेलेको बेल्जियमले अंक जोड्न सकेको छैन। इटालीले समूहको आफ्नो अन्तिम खेलमा आयरल्यान्डको सामना गर्ने छ।
सन् २०१४ मा आयोजित विश्वकपमा समूहगत चरणबाटै बाहिरिएपछि आलोचित बनेको इटालीले जारि युरोकपमा भने उत्कृष्ट प्रदर्शन गरिरहेको छ। स्विडेनविरुद्ध पहिलो हाफमा दबाबमा देखिएको इटालीले मध्यान्तरपछि प्रदर्शन सुधार गरेको थियो।
%20and%20Graziano%20Pelle%20(right)%20-%20who%20both%20scored%20against%20Belgium%20-%20get%20past%20Kallstrom.jpg?1466212022495)
इटालीका मार्को पारोलोले ८२ औं मिनेटमा प्रहार गरेको हेड क्रस बारमा लागेर बाहिरिएको थियो। लगातार दोस्रो खेलमा स्विडेनका भेट्रान स्ट्राइकर ज्लाटन इब्राहिमोभिचले प्रभाव देखाउन सकेनन्।
यो हारसँगैं स्विडेन समूहगत चरणबाटै बाहिरिने सम्भावना बढेको छ। स्विडेनले आफ्नो तेस्रो तथा अन्तिम खेलमा आयरल्यान्डको सामना गर्ने छ। समूहको विजेता र उपविजेतासँगैं ६ वटा समूहका उत्कृष्ट चार तेस्रो टोली पनि प्रिक्वार्टरफाइनल पुग्नेछन्।
%20rues%20a%20missed%20chance%20during%20the%20first%20period%20in%20Toulouse%20which%20ended%20goalless.jpg?1466212065724)
%20is%20congratulated%20by%20Italy%20team-mate%20Emanuele%20Giaccherini%20(No%2023)%20by%20the%20corner%20flag.jpg?1466212091910)
%20and%2035-year-old%20Italy%20defender%20Andrea%20Barzagli%20go%20up%20for%20a%20header%20in%20the%20penalty%20area%20on%20Friday%20afternoon.jpg?1466212109969)
%20-%20who%20was%20taken%20off%20on%20the%20hour%20mark%20for%20Simone%20Zaza%20-%20goes%20to%20ground%20after%20a%20missed%20shot.jpg?1466212141023)
%20and%20Italys%20Marco%20Parolo%20(No%2018)%20in%20action%20during%20the%20first%20half%20of%20the%20Euro%202016%20tie.jpg?1466212172770)
%20issues%20instructions%20to%20his%20players%20as%20Norwich%20Citys%20Martin%20Olsson%20prepares%20to%20take%20a%20throw.jpg?1466212197035)

तस्बिरहरु: डेली मेल
प्रतिक्रिया दिनुहोस !