अर्को इनिंग्स मेरो

 अर्को इनिंग्स मेरो

अभ्यास छैन
६ वर्षको उमेरमा बुद्धिचाल सिकाइदिए दाजु रमेश र महेशले । तर, अभ्यास कहिल्यै गरिनँ । अन्तिमचाहिँ दर्शक भएँ नारायणगोपाल र उत्तम नेपालीले चेस खेल्दा । नौ वर्षको उमेरमा क्यारेमबोर्ड सिकेँ तर अभ्यास गरिनँ । शशी शाह र मनुजबाबु मि श्रले खेलेको खेलको दर्शकमात्र भएँ । बच्चैदेखि क्रिकेटको ‘बेल्स' सिकाउँथे । तर २३ वर्षको उमेरमा टुँडिखेलको क्रिकेट पिचमा उभ्याएर जमलनाथ प्याकुरेलले रन भनेको के हो, ब्याटिङ भनेको के हो आधा घन्टा क्लास लिए ।

तर, अभ्यास कहिल्यै गरिनँ । बरु कलकत्ता स्टेडियममा शरदजय सूर्याले अस्ट्रेलियाविरुद्ध ब्याटिङ गर्दाको बेलामा जस्तो कहिल्यै रमाइनँ । अहिले ‘कान्तिपुर'को कार्यालय रहेको ठाउँ (कोटेश्वर)मा हेम लामाको चारवटा टेनिस कोर्ट थियो । लामा र सागरशमशेर तगडा खेलाडी थिए । तर, स्टेफिग्राफलाई सय नम्बरको खेलाडी हुँदादेखि नै पछ्याएँ । तिनले ग्रान्डस्ल्यान्ड जितून् भन्ने कामना गरिराखेँ, जितिन् पनि । त्यसपछि सरापोवालाई हेर्न थालेँ । अहिले तिनलाई दुई वर्ष प्रतिबन्ध लगाएको देखेर बडो बोर फिल गरिराछु । कहिल्यै दौडिइएन तर परार जयबहादुर रोकायालाई जुम्ला खलंगामा गम्लंग अँगालो हाल्न पुगेँ ।

दर्शक मात्र

रडी खेल्नु भनेर योगी नरहरिनाथले लेखे ‘इतिहास प्रकाशमा सन्धिपत्र संग्रह' भन्ने किताबमा । रडीखेल्ला भन्ने ठाउँ नै छ जुम्ला खलंगाबाट एक घन्टा पर । स्किइङको प्राचीन नेपाली रूप हो यो तर हामीले यसको विकास गरेनौं । नेपालमा स्किइङ सन् १९७० मा खुम्जुङ ग्लेसियरमा जापानीहरूले पहिलोपटक अभ्यास गरे भन्ने तथ्यांकमात्र हामीले हर्क गुरुङको ‘भिग्नेट्स अफ नेपाल'मा टिप्यौं ।

‘गमेगिर' (छुनेगिर पनि भनिन्छ) र टुमेगिर (होल्लेगिर) दुईवटा गिर नेपालमा हुन्छन् । टुमेगिर आधुनिक हकी हो । स्टिकलाई नेपालीमा छेकौरी भन्छन्। बलचाहिँ बाँसको आँख्लाको हुन्छ । छेकौरीको टुप्पो घुमेकै हुन्छ । होल्ले शब्द नै हकी हुन पुग्यो होला । भारतको राष्ट्रिय खेल बन्न पुग्यो । सन् १९४२ मा त्रिभुवन, ऋषिकेश शाह, कृष्णबहादुर बर्मा, नरशमशेर, विजयशमशेरले खेलेको कुरा हाम्रो सम्झनामा छ । तर, त्यो हाम्रो भएन । माघेसंक्रान्ति र वसन्त पञ्चमीमा गिर खेल्नैपर्छ भन्ने मगरहरूको धारणा छ । तेइस सय वर्षअगाडि आएका हौं भन्छन् उनीहरू । तैपनि ‘हकी' हाम्रो भएन ।

बाघचाल हाम्रो आफ्नो मौलिक र पुरानो । यसका बारेमा ‘ब्ल्याकह्वेल' जस्ता बेलायती जर्नलहरूले पनि छापेका छन्। तर यक्ष मल्लको समयको नाटक ‘चतुरंग महाभारत'ले चेसको लोकप्रियतालाई उठायो भनेर हामीले पढ्यौं, मान्यौं, स्वीका¥यौं । बाघचाललाई अन्तर्राष्ट्रिय त बनाउनै सकेनौं । बाघचाल र गाईचाल भन्ने दुईवटा फरक खेल हुन्छन् भन्ने पनि हामीले पत्तै पाएनौं ।

जस्तो पोलो नेपालमा १९२१ मा प्रिन्स अफ ह्वेयर्सले पहिलोपल्ट खेलेको हो । चारवटा पौनी घोडा लिएर चयारी फ्रेडरिक ओ. कनोरले गरेको हो । हात्तीपोलोचाहिँ पश्चिमा जिन एडवर्ड र चक म्याक्डनलले १९८१ मा विकास गरेको भए पनि हाम्रै हो भन्न मिल्छ ।

यार्तोङ (घोडादौड) तिब्बतको झाङझुङ र नेपालको झारकोटमा पनि हुन्छ । त्यो तिब्बती मूलको हो । तर, घोडेजात्राको घोडा कुदाउने प्रणालीचाहिँ हाम्रो विशुद्ध मौलिक हो । त्यसको दार्शनिक पक्षका बारेमा नेपालमा कतै चर्चै भएको छैन ।

रमाइलो लाग्दा

मनवीर पन्थी छोरा सुरेश पन्थीको फुटबल खेल प्रदर्शन हेर्न जान कहिल्यै चुक्दैनथे । तर, उमेरमा ‘इगलाई' उपनाउँ भएका उनी हकीको रनिङ कमेन्टर दिइरहेका हुन्थे स्टेडियममा । अगाडि फुटबल खेल चलिरहेको हुन्थ्यो तर मानिसहरू झुम्मिएर हकीको कमेन्टरी सुनिरहेका हुन्थे ।

नरेन्द्रबहादुर बस्नेतलाई टेबल टेनिस खेलको अति ठूलो चाहना थियो होला । उनले खेल्न नपाएर अथवा यसो भनौं नेपालमा खेल्ने टेबल नपाएर आफैंले एउटा टेबल टेनिस खेल्ने टेबल बनाउन लगाएका थिए । त्यो बेलाको ठूलै रकम असी रुपैयाँमा । कुरा हो दसको दशकको । यो एउटा ऐतिहासिक तथ्य नै हो ।


श्याम थापालाई बंगालबाट झिकाइएको थियो ब्वाइज युनियन टिमबाट खेलाउन । तर, पुलिस क्लबका चारवटा खेलाडीले यसरी उनलाई घेरे चलहल गर्न नदिन कि मैदानमा आफू प्यारालाइज हुनुपर्दा उनी बडो मच्चिएर हाँस्थे । श्याम थापाको फुटबलभन्दा हाँसो धेरै भयो उसबेला । पुलिस क्लबका क्याप्टेन थिए- अच्युत खरेल ।

मगरहरू

गिर खेल्नुपर्ने मगरहरूको सांस्कृतिक चलन छ भनेर अघि नै भनेँ । माओवादी युद्धताका लट्ठी खेल्ने मगर खेललाई उनीहरूले व्यापक विस्तार गरे भनेर सुधीर शर्माले ‘प्रयोगशाला'मा लेखेकै छन् । गोर्खाको बुङकोट गाविसमा ‘बुरुस छाड्ने' खेल पनि मगरहरूकै हो । ‘धाइफाल हाल्ने' (लङ जम्प) खेल्नुपथ्र्यो पृथ्वीनारायण शाहका सिपाहीहरूले भनेर योगी नरहरिनाथले लेखेकै छन् ।

मगरहरूको योगदान ठूलो छ नेपालका मौलिक खेलहरूमा। खेलाडीहरू विनोदप्रिय हुन्छन्। मगरहरू विनोदप्रिय भएका कारण उनीहरूको खेलप्रेम नै होला। उनीहरूलाई अगाडि बढायौं भने हामी खेलकुदमा चम्किन्छौं।

पृथ्वीनारायण शाहका सहयोगीहरू मगर नै हुन् । ठेलो फाल्ने (सर्ट पुट) पनि मगरहरूकै हो । यद्यपि यो अरूहरूले पनि खेल्दछन् । यसैले मगरहरूको योगदान ठूलो छ नेपालका मौलिक खेलहरूमा । खेलाडीहरू विनोदप्रिय हुन्छन् । मगरहरू विनोदप्रिय भएको कारण उनीहरूको खेलप्रेम नै होला । उनीहरूलाई अगाडि बढायौं भने हामी खेलकुदमा चम्किन्छौं ।

अरूका खेल

गोरुको छालाको भकुन्डो बनाएर पश्चिम पहाडमा खेल्ने चलन धेरै नै पुरानो हो । तर, भुकन्डोलाई तिब्बतेली मूलको मानिन्छ । नेपालमा आएको सन् १९२१ मा हो ।

‘रोप क्लाइम्बिङ' नेपालमा पनि थियो कुनै बेला । रोल्पाको सिउरी गाविस र डोल्पाको फुतु गाविसमा यो थियो, अहिले छैन । यसका बारेमा सेम्योरले ‘तिब्बत' भन्ने किताबमा लेखेका छन् ।

गोरुको छालाको भकन्डो बनाएर पश्चिम पहाडमा खेल्ने चलन धेरै नै पुरानो हो। तर, भकुन्डोलाई तिब्बतेली मूलको मानिन्छ। नेपालमा आएको सन् १९२१ मा हो। 

‘बन्जी' १५ कात्तिक २०५६ बाट सुरु भएको हो । अग्रणी डोभी अल्र्स डाइसुन हुन् । तर, यो मलेसियाली रैथाने खेल हो । सिपाक्टक्रो पनि मलय नै हो । प्याराग्लाइडिङ यही देशको भन्ने छैन । तर, पोखरामा भन्दा पहिला काठमाडौंमा परीक्षण भएको हो ।

अघि बुरुस छाड्ने खेल भनेँ । यो साँढे दौडाउने खेल हो । तर, यसको उत्पत्ति थलो अफगानिस्तान हो । त्यहाँ यसलाई बख्सी दौड भन्छन् । यद्यपि बुरुस र बुख्सी दुईवटैको मूल शब्द संस्कृतको ‘बत्स' हो । ‘बत्स'को अर्थ बाच्छो हो । त्यहाँ मरेको बाच्छोलाई घोडचढीहरूले खोसाखोस गर्छन् ।

बझाङको नभयस्थली गाविसमा ‘गिरी खेल्ने' खेलमा बाच्छाको शवलाई दुईवटा टिमले साँधको वारिपारि लैजाने चलनले बुख्सीलाई सम्झाउँछ । खोकनाको बोका हारालुछ गर्ने पनि बुख्सीकै रूपान्तरण लाग्छ । हामीकहाँ रैथाने खेलहरू तीन सयभन्दा कम छैनन् बरु बढी नै होलान् । कोरियालीहरूको मार्सल आर्टस् जापानले आफ्नो बनाएजस्तै कैयन् हाम्रा खेलको परिचय हरायो होला ।

राष्ट्रिय खेल

धनुषकाँड अथवा तारा खेल वा वाण हान्ने खेल कसैले पनि हाम्रैमात्र हो भन्न सक्दैन । राईदेखि पहरी, सुनुवारदेखि चेपाङ, कुसुन्डादेखि राजी सबै जातजाति यसमा पोख्त छन् । हामी यसमा अग्रणी हुनसक्छौं तर मलाई लाग्छ, त्यसमाथि ठूलो दाबी मंगोलियाको छ ।

सुशील कोइरालाको प्रधानमन्त्रित्वकालमा नेपालको राष्ट्रिय खेल केलाई बनाउने भनेर विवाद उठ्यो । ‘डन्डीबियो'लाई बनाउनेमा सबै केन्द्रित भए । बनाए हुन्छ तर सजिलो छैन । किन सजिलो छैन भने तारो कहाँसम्म उफ्रिने, कतिसम्म उफ्रिनेजस्ता झिनामसिना प्रश्नले ओलम्पिक स्तरको बनाउन्जेलसम्म धेरै वर्ष लाग्नसक्छ ।

कुस्ती पनि कसैले मेरै हो भनी दाबी गर्न सक्दैन । यो तराईमा बढी प्रचलित पनि छ । तर, पश्चिमाहरूले यसलाई यति धेरै विकास गरिसके, हामीले केही गर्नसक्ने ठाउँ कम छ ।

लागछोड

टेबल टेनिसको ब्याट र बल सोह्र वर्षको उमेरमा चलाएँ । तर, दर्जनपटक भन्दा बढी खेलिन हुँला । इलुस्ट्रेड विक्लीका सम्पादक प्रितिस नन्दीले टेबल टेनिस खेलमा हराएमात्र अन्तर्वार्ता लिन पाउने सर्तमा आर्थर क्र्लाकलाई (‘स्पेस ओडीसी'का लेखक) हराएर अन्तर्वार्ता लिएको पढ्दा हत्तेरिका अभ्यास गरेनछु भन्ने लाग्यो ।

ब्याडमिन्टन पनि सात वर्षमै सिकेथे। त्यो पनि दर्जनपटक भन्दा बढी कोर्टमा गइनँ होला । उतिबेलाका नामुद गोपाल बस्नेत साथी नै थिए । अहिले सञ्चारकर्मी भएका छन् । भेटैपिच्छे अपशब्द बोलिहाल्थे । ब्याडमिन्टन खेल्ने भएपछि अपशब्द बोल्ने भइँदो रैछ भन्ने लाग्यो । भागेँ । अहिले उनलाई भेट्दा त्यस्तो होइन रहेछ भन्ने ठान्छु । उनी सोचेभन्दा मिजासिला छन् । त्यो त ब्याडमिन्टन खेलेरै भएको रैछ क्या हो ?

टिम नेपाली

पहाडी भिरालो, उकालो र ओराली भएकाले मैदान थोरै छन् । बनाइए पनि पैह्रोले भत्काउँछन् । यसैले ठूलो टिम नचाहिने, एक्लैले खेल्न सकिने खेलहरूको प्रवद्र्धन हुनुपर्छ । तारा खेलजस्तै । नेपालीहरू टिममा मिलेर खेल्ने जात पनि होइन । यसैले जति खेल राणाकालमा आए, खेलिए वा खेलाइए त्यो अंग्रेजको ‘क्लब ग्यादरिङ'का निम्ति विकास गरिएका खेलहरूमात्रै हुन् । नेपाल अनुकूलका होइनन् ।

ग्रिनल्यान्डको न्यु फाउन्डल्यान्ड र चीनको सिङकियाङमा रैथाने खेलहरूको ओलम्पिकसरह बृहत् आयोजना हुन्छ । शरदचन्द्र शाहसँग मैले यसको कुरा पनि गरेथेँ । नेपाली रैथानेहरूको आयोजना होस् भनेर । उनी सिङकियाङमा पुगेका पनि रहेछन् खेल हेर्न तर चासो दिएनन् । किशोरबहादुर सिंहलाई त समय लिएर भेटेरै भनेथेँ । तर, सायद रुक्मशमशेर राणासँगको द्वन्द्वमै धेरै समय उनको बित्यो ।

अस्ट्रेलियाले नेपालमा चारवटा ठूलाठूला ओलम्पिक स्तरका स्टेडियम बनाइदिने र त्यसबाट नेपालले अन्तर्राष्ट्रिय खेलकुद हलका रूपमा आफ्नो विकास गर्नसक्ने, ठूलै आम्दानी गर्नसक्ने प्रस्ताव राखेको थियो । तर, ठूलाबडालाई त्यसमा सेयर र कमिसन चाहिएको हुनाले उसले हात झिक्यो ।

हामीले खेलकुदमा राम्रो पहिचान र व्यवस्थापन कायम गर्न सक्यौं भने खेलकुद प्रवद्र्धनले अन्तर्राष्ट्रिय प्रतिष्ठा र आम्दानी दिन्छ लुम्बिनीले जस्तै भन्ने मलाई लाग्छ ।

प्रिय खेलाडीहरू

बैकुण्ठ मानन्धर र जयबहादुर रोकाया असाध्यै मन पर्छन् । तिनको अद्भुत सरलपन र विनम्रताले गर्दा पनि त्यसो भएको होला ।

जयकुमारनाथ शाह जसले अनेक खप्की, हेपाइ, आलोचना खाँदा पनि क्रिकेटलाई आज यति उचाले कि पारस खड्का, शरद भेसवाकर, विनोद गौचन आदि खेलाडी चम्किन पाएका छन् । शाहले करिबकरिब जीवन टुँडिखेलको क्रिकेट पिचमै बिताए ।

हरि खड्का । तीभन्दा अघि टुँडिखेलमा अनुपशमशेर, रूपालशमशेरजस्ता खेलाडी पनि खेलिरहेको सम्झन्छु । अहिले त प्रशिक्षक बालगोपाल महर्जन र क्याप्टेन विराज महर्जन, महर्जन बन्धुहरूले गजब गरेका छन् ।

बेकह्यामको चाहिनेभन्दा बढी प्रशंसा भएजस्तो लाग्छ । तिनका पूर्ववर्ती र अहिले नाम सुन्न छोडिएका गाखाइनेको जस्तै । रोनाल्डिन्हो मन पर्नुको कारण खेलभन्दा बढी उनको निर्दोष हाँसोले हो कि ? (दीपक सापकोटा र लक्ष्मण श्रेष्ठसँगको कुराकानीमा आधारित)


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.