आमा

आमा
सुन्नुहोस्

आमा...
तिमी खुसी छौ 
हैन र ? 

अब त नेपालमा
तिमीले चाहेको 
व्यवस्था आएको छ। 

आमा !
हुन त तिमी ७ सालमा  
आफ्नो पति गुमाउँदा पनि 
आँसु पिएर बालबच्चाको 
भविष्य उज्ज्वल हुने कल्पनामा
कालो युगको 
अन्त्य हुने खुसीले  
मौन भयौं रे !

तर,  
तिम्रा पतिलाई
रुखमा झुन्ड्याएपछि 
आएको प्रजातन्त्रलाई पनि 
त बीचमै खोसियो 
हैन र ? 

आमा !
सुनेको थिएँ 
प्रजातन्त्र पुन प्राप्तिका लागि 
आन्दोलनको नेतृत्व गर्दा 
देशविद्रोहीको संज्ञासँगै 
तिम्रो जेठो पनि
सहिद भयो रे !
त्यसमा पनि तिमी,
छोराले देशका लागि 
बलिदान दियो भनेर 
आँसु समेत बगाइनौ रे ! 

तर, 
तिम्रोे जेठोले बलिदान 
गरेर पुनस्र्थापना गरेको
प्रजातन्त्रले पनि 
जनताको हकमा 
शासन गर्ने व्यवस्थाको 
रूप लिन सकेन नि 
हैन र ?

आमा !
जनयुद्धको क्रममा 
तिम्रो माहिलो पनि
मारियो भन्ने अस्पष्ट 
खबर सुनेको थिएँ।
हो र ?

त्यसमा पनि तिमी 
एउटी बेसहारा आमा
तर पनि हजारौं आमाले 
सहारा पाउने,   
देशमा दिगो शान्ति 
स्थापना हुने 
सबै वर्गको उत्थान 
हुने आशामा 
मौन भयौ रे !

तर,
तिम्रो माहिलोले 
दिगो शान्तिका लागि 
बलिदान दिए पनि
देशमा हत्याहिंसाको 
शृंखला त अझै पनि
रोकिएन नि 
हैन र ? 

आमा !
म त विश्वासै गर्न सक्दिनँ 
तिम्रो कान्छो पनि 
निरंकुश शाहीसत्ता विरोधी 
दोस्रो जनआन्दोलनमा
गणतन्त्र स्थापनाका लागि 
क्रूर शासकको गोली
छातीमा थापेर  
सहिद भयो रे !
त्यसमा त तिमी 
अब यो व्यवस्थाले पक्कै
हाम्रो पक्षमा न्याय गर्छ
भनेर पति र सबै 
छोराहरू गुमाउँदा 
पनि मौन भयौ रे !

तर, आमा तिमीले 
सोचेजस्तो र 
युगले खोजेजस्तो 
यो व्यवस्थाले पनि 
जनताको हकमा 
न्याय गर्न नसकेपछि अचेल
तिमीलाई कस्तो लागिरहेको होला...?


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.