खसहरू नेपालको इतिहास, शासन, भाषा र संस्कृतिको मेरुदण्ड हुन्। आजको समाजमा खस जाति केवल जात होइन। यो त एउटा गौरवशाली ऐतिहासिक र सांस्कृतिक समुदाय हो, जसले नेपालको प्रतिनिधित्व गर्छ।
विश्व विख्यात इतिहासकार एच.ए. डिभिसले समाज विकासमा खस सभ्यतालाई मौलिक मानेका छन्। उनले यसलाई रोम, हिब्रु र सिन्धुघाँटी जस्तै चाखलाग्दो सभ्यता भनेका छन्। जुम्लाको खस जातिको उत्पत्ति प्राचीन समयदेखि नै भएको मानिन्छ।
सुरुमा उनीहरू उत्तरपश्चिम भारत, काश्मीर, उत्तराखण्ड र पाकिस्तानमा बस्थे। उनीहरू प्राचीन आर्य भाषी समुदाय थिए। वैदिक तथा पौराणिक ग्रन्थहरूमा पनि खस शब्दको उल्लेख पाइन्छ। महाभारत र पुराणहरूले मानवताको विकासक्रमसँगै खसहरूको उत्पत्तिबारे चर्चा गरेका छन्।
खसहरूले १२औं देखि १४औं शताब्दीसम्म पश्चिम नेपालमा शासन गरे। कर्णाली, गण्डकी र सेती क्षेत्र उनीहरूको मुख्य प्रशासनिक केन्द्र थियो। खस मल्ल राजा अशोक मल्ल, पृथ्वी मल्ल र रत्न मल्ल शक्तिशाली थिए। उनीहरूले नै पश्चिम नेपालमा विशाल साम्राज्य स्थापना गरेका थिए। यिनै खसहरू कालान्तरमा विभिन्न उपसमुदायमा विभाजित हुँदै गए। उनीहरू ब्राह्मण, क्षेत्री, ठकुरी र दलित समुदायमा रूपान्तरित भए। खसहरू नेपालको इतिहास, शासन, भाषा र संस्कृतिको मेरुदण्ड हुन्। आजको समाजमा खस जाति केवल जात होइन। यो एउटा गौरवशाली ऐतिहासिक र सांस्कृतिक समुदाय हो।
खस जातिको इतिहास, भूगोल र जनसंख्या
खस जाति नेपाल, भारतको उत्तराखण्ड र तिब्बती भेगको प्राचीन समूह हो। नेपालमा यिनीहरू ब्राह्मण, क्षेत्री, वैश्य र शूद्रका रूपमा चिनिन्छन्। यी सबै जातिहरू हिन्दु वर्ण व्यवस्थाभित्र पर्दछन्। पूर्णप्रकाश नेपालको पुस्तक ‘सिँजापतिवाला’ अनुसार खसहरू विश्वभर फरक नामले चिनिन्छन्। ग्रिसमा स्काइथियन्स, युनानमा विरोस तथा भद्रस र सोभियत संघमा कज्जाख भनिन्थे। त्यस्तै इरानमा हस्क तथा अफगानिस्तान र नेपालमा खस वा कस भनिन्थे।
खस साम्राज्यको जग राजा नागराजले बसालेका हुन्। त्योभन्दा अघि त्यहाँ स–साना राज्यहरू मात्र थिए। नागराजले खप्तड, श्रीपाल, कालीकोट र गेला राज्यलाई एकीकृत गरे। त्यसपछि मात्र विशाल ‘सपादलक्ष्य’ साम्राज्यको उदय भयो। यो साम्राज्य पूर्वमा त्रिशूली र पश्चिममा सिन्धु नदीसम्म फैलिएको थियो। उत्तरमा चीनको गोंग र दक्षिणमा गंगा मैदानसम्म यसको प्रभाव थियो। मुख्य रूपमा कुमाउँ, गढवाल, जुम्ला, हुम्ला, मुगु, कालीकोट र बझाङ र डोटी यसमा पर्थे।
खसहरूले आफ्नै भाषा, संस्कृति र शासन प्रणालीमार्फत राज्य चलाए। समयक्रममा यो समुदायको पूर्ण रूपमा हिन्दूकरण भयो। इतिहासकार बाबुराम आचार्यले खसहरूलाई ’हिमाली आर्य’ को रूपमा चिनाएका छन्। उनीहरू प्राचीन कालदेखि नै कर्णाली क्षेत्रमा बस्दै आएको एक जातीय राज्य हो। हाल तिब्बत सीमा र मध्यपश्चिम नेपालमा खसहरूको बाक्लो बस्ती छ। नेपालको पछिल्लो जनगणनाअनुसार क्षेत्री १६ प्रतिशत रहेका छन्। यो नेपालकै सबैभन्दा ठूलो जातीय समूह हो। यस्तै ब्राह्मण १२, वैश्य ९.४ र शूद्र ३.७ प्रतिशत छन्।
खस राज्यको इतिहास र परिचय
खस राज्य प्राचीन नेपालको बलियो राजनीतिक शक्ति थियो। यसले १०औं देखि १४औं शताब्दीसम्म यस क्षेत्रमा शासन गर्यो। खस मल्ल राजाहरूले कर्णालीलाई केन्द्र बनाएर शक्तिशाली साम्राज्य चलाए। उनीहरूले जुम्लाको सिँजालाई आफ्नो स्थायी राजधानी बनाएका थिए। राजा बलिराज, नरहरिदेव मल्ल र पृथ्वी मल्ल यहाँका प्रमुख शासक थिए। यो साम्राज्य पछि गएर बाइसे र चौबीसे राज्यमा विभाजित भयो। खसहरू सुरुमा उत्तरपश्चिम भारतबाट पूर्वतर्फ बसाइँ सरेका थिए।
नेपाल पस्ने क्रममा उनीहरूले कर्णाली नदी किनारमा गढी र किल्ला बनाए। यस राज्यको मुख्य विस्तार सिँजा उपत्यकाबाटै भएको थियो। उनीहरूले सुदूरपश्चिम, बागलुङ, डोल्पा, दैलेख, बाजुरा, अछाम र डोटीमा शासन गरे।
उनीहरूको प्रभाव तिब्बतको सीमादेखि भारतको कुमाउँसम्म थियो। उनीहरू गर्मीमा दैलेख र जाडोमा सिँजामा बसेर राज्य चलाउँथे। अशोक चल्ल खस राजाहरूमध्ये सबैभन्दा सर्वश्रेष्ठ शासक मानिन्थे।
सपादलक्ष्य अर्थात् सवालाख पर्वतले नेपालको प्राचीन इतिहास जोडेको थियो। अशोक चल्लपछि जितारी मल्ल राजा भए। यिनकै पालादेखि चल्लको साटो मल्ल लेख्न थालियो। जितारी मल्ललेसन् १३४४ देखि १३४६ सम्म काठमाडौंमा आक्रमण गरे। खस राजाहरू बौद्ध धर्मप्रति पनि निकै आस्था राख्थे। दैलेखको दुल्लुस्थित स्तम्भले यसको ऐतिहासिक पुष्टि गर्दछ। राजा पृथ्वी मल्लले खस राजाहरूको दस्तावेज तयार पारेर इतिहास जोगाए।
सिँजा उपत्यकाको इतिहास र महत्त्व
सिँजा उपत्यका जुम्ला जिल्लामा अवस्थित एक ऐतिहासिक स्थल हो। यो समुद्री सतहदेखि २५ सय मिटरको उचाइमा रहेको छ। मुगुको ऋणीमोक्ष मुहान भएर यहाँ हिमानदी बग्ने गर्दछ। पौराणिक मान्यताअनुसार सिँजा महाभारतकालीन युद्ध भएको क्षेत्र हो। यहाँ पाण्डव र कौरवबीच ऐतिहासिक लडाइँ भएको विश्वास गरिन्छ। विराट राजाको दरबार पनि यसै क्षेत्रमा अवस्थित छ। त्यहाँ नजिकै रहेको खुला चौरलाई ‘खितने चौर’ भनिन्छ। पाण्डवहरूले विजयपछि त्यही चौरमा खुसियाली मनाउँदै नाचेका थिए। अहिले पनि सिँजावासीले यसलाई सांस्कृतिक जात्रा नाच्ने स्थान बनाएका छन्। हिमा नदी किनारमा खस राजाहरूको दाहसंस्कार र काजक्रिया गरिन्थ्यो। १२औं देखि १४औं शताब्दीको खस साम्राज्यको केन्द्र सिँजा नै थियो। यहाँ पुराना ऐतिहासिक शिलालेख र पाण्डुलिपिहरू भेटिएका छन्।
करिब ८० वर्षअघि उत्खनन गर्दा पुराना ताम्रपत्र र रुवाडा रुपैयाँ भेटिएका थिए। यहाँका पुराना दरबार, मन्दिर, पोखरी र ढुंगेधारा अझै जीवित छन्। हिन्दु र बौद्ध धर्मका प्राचीन अवशेषहरू यहाँ प्रशस्तै देख्न सकिन्छ। यहाँको परम्परागत भेषभूषा र संस्कृतिले सिँजाको ऐतिहासिक महत्त्व झल्काउँछन्।
सिँजा राज्यमा मल्ल वंश
काशिचल्ल मल्लले सन् १२७७ तिर सिँजाको प्रभावशाली शासकका रूपमा राज्य चलाए। उनले आफ्नो सैन्य शक्ति र धार्मिक आस्थाको भरपूर प्रचार गरे। उनी शासनकालमा कपडा सिलाउने, भाँडाकुँडा र जुत्ता बनाउने श्रमजीवीलाई माया गर्थे। उनी शक्तिशालीमात्र नभएर एक विद्वान् राजा पनि थिए। राज्य सञ्चालन र शक्ति सन्तुलनमा उनी खुबै चनाखो रहन्थे। वैदिक संस्कार र हिन्दु धर्मको संरक्षणमा उनले विशेष ध्यान दिए। पछि राजा अशोक चल्लले वि.सं. १३०८ देखि १३३५ सम्म शासन गरे।
खस जातिको पुरातत्त्व र संस्कृति
खस जातिको पुरातत्त्व र संस्कृति निकै समृद्ध एवं ऐतिहासिक छ। यसले नेपालको मध्यकालीन इतिहास, धार्मिक विश्वास र सांस्कृतिक स्थायित्व झल्काउँछ। यसको पुराताŒिवक महत्त्व कर्णालीको सिँजा उपत्यकामा व्यापक रूपमा भेटिन्छ।
सिँजाका पुराना दरबार, शिलालेख र ढुंगे मूर्तिहरूले यसको पुष्टि गर्छन्। यहाँका पुराना कुलो, नहर र ढुंगेधाराले प्राचीन जल व्यवस्थापन प्रणाली सिकाउँछन्। खस भाषामा कुदिएका शिलालेखहरूले साम्राज्यको वास्तविक नालीबेली र इतिहास उजागर गर्छन्।
सुजित मैनालीको पुस्तक ‘शिलान्यास’ मा बाइसे–चौबीसे राज्यको संरचनाबारे विस्तृत विवेचना छ। यसले खस राज्यको जग कति बलियो थियो भन्ने देखाउँछ। हिन्दु परम्परा र हिमाली भूगोलका कारण खसहरूको लोकजीवन मौलिक छ।
ठाडीभाका, झ्याउरे, न्याउली, देउडा र मारुनी खस जातिका मुख्य लोकसंस्कृति हुन्। उनीहरूको पहिरन मौसम अनुकूल र स्वास्थ्यका लागि फाइदाजनक हुने गथ्र्यो। खस पुरातत्त्व र संस्कृति नेपाली सभ्यताको बलियो मेरुदण्ड हो। यसले भाषा र धर्ममार्फत नेपालको पहिचानमा कोसेढुंगाको काम गरेको छ।
खस राजाहरू, बाइसे राज्यहरूको अवस्था
खस राज्यमा ‘बाइसे’ भन्नाले स–साना भुरेटाकुरे राज्यहरू बुझिन्छ। भाइभारदार र नातागोता मिलेर साना राज्य बनाउने चलन थियो। यही आधारमा शक्ति सञ्चय गरी आफूलाई राजा घोषणा गरिन्थ्यो। यो क्षेत्र पश्चिम नेपाल हुँदै उत्तर भारत र तिब्बतसम्म फैलिएको थियो। कतिपय इतिहासकार खस राजालाई शाहवंशको अग्रज पनि मान्छन्। यी राज्यहरू आकारमा साना भए पनि पूर्ण रूपमा स्वतन्त्र थिए।
जुम्ला, बझाङ, बाजुरा, डोटी, सल्यान, दैलेख र जाजरकोट यसैअन्तर्गत पर्दथे। एउटै सांस्कृतिक पृष्ठभूमि भए पनि उनीहरूबीच बेलाबेला द्वन्द्व हुन्थ्यो। सत्यमोहन जोशीको पुस्तक ‘जुम्ला’मा बाइसे राज्यबारे चर्चा गरिएको छ। उनले पारिवारिक शक्तिलाई नै राज्यको मूल आधार मानेका छन्। नेपाल एकीकरणका क्रममा पृथ्वीनारायण शाहले यस क्षेत्रमा ठूलो चुनौती बेहोरे। उनको समयमा यो क्षेत्र एकीकरण हुन सकेन। पछि उनका छोरा बहादुर शाहले खस राज्यलाई नेपालमा गाभे।
खस जातिको प्रकार, भाषाहरू र लिपिहरू
खस जाति कुनै एकल समूह नभएर विभिन्न शाखामा विभाजित छ। इतिहास र सामाजिक रूपान्तरणसँगै यो समुदाय विभिन्न भागमा बाँडियो। यसमा वैदिक परम्परा मान्ने खस ब्राह्मण र सैन्य कार्य गर्ने क्षेत्री छन्। यस्तै, श्रम र सीप अँगाल्ने वर्गलाई खस शूद्र भनिन्थ्यो। यसरी यो समाज चार वर्णमा विभाजित देखिन्छ। भाषा विकासका क्रममा ३४ स्वर र ३६ व्यञ्जन वर्ण बनेका थिए। यसमा मान्ठ, जान्या, गन्या,
लौठाजस्ता लोकप्रिय शब्द प्रयोग हुन्थे।
यी शब्दले समाज जोड्ने र संस्कृतिलाई निखारने काम गरे। यो भाषा पहिलोपटक देवनागरी लिपिमा लेखिएको प्रमाण भेटिन्छ। खस भाषाको विकास जुम्लाको सिँजा क्षेत्रबाट भएको हो। यही भाषा परिमार्जन हुँदै आजको आधुनिक नेपाली भाषा बनेको हो। हिजोआज पुराना खस भाषा र लिपिहरू लोप हुने अवस्थामा छन्। नेपाली भाषाको माउ मानिने यस भाषामा सिँजाली र रञ्जना लिपिको प्रभाव थियो। सिँजाका शिलालेखहरूमा ब्राह्मी लिपिको प्रयोग स्पष्ट रूपमा देख्न सकिन्छ। विशेषगरी कर्णाली क्षेत्रको बोली र लवजमा अझै त्यो प्राचीन प्रभाव पाइन्छ।
खस जातिको बसोबासका स्थल र कारण
मूलवासी खसहरूको मुख्य बसोबास सिँजा, हुम्ला, मुगु, डोल्पा र दैलेखमा छ। पछि उनीहरू बाजुरा, अछाम, डोटी, डँडेलधुरा, बागलुङ र म्याग्दीसम्म फैलिए। भारतको उत्तराखण्ड र हिमाञ्चल प्रदेशमा पनि खसहरूको बसोबास छ। भौगोलिक कारणले उनीहरू एकै ठाउँमा एकीकृत भएर बस्ने गर्थे। हिमाली चिसो र बिरामी पर्दा सहयोग होस् भनेर घरहरू जोडिएका हुन्थे। वनजंगल र नदीको सहज उपयोगका लागि पनि यो शैली अपनाइयो।
कृषिप्रधान समाज भएकाले उनीहरूले सुरुदेखि नै उब्जाउ उपत्यकाहरू रोजे। व्यापार र पशुपालनका लागि सहज हुने स्थलहरूमा बस्ती बाक्लो भयो। धार्मिक स्थल र सांस्कृतिक केन्द्र नजिक बस्नु उनीहरूको प्राथमिकता थियो। भौगोलिक सुगमता, आर्थिक आवश्यकता र सांस्कृतिक सुरक्षा नै उनीहरूको बसोबासका मुख्य कारण हुन्।
खस पेसा, व्यवसाय र आर्थिक अवस्था
खस जातिको ऐतिहासिक मूल पेसा कृषि र व्यवसाय हो। परम्परागत रूपमा उनीहरूले धान, मकै, कोदो र गहुँ फलाउँछन्। यहाँ २६ प्रकारका विभिन्न अन्नबाली उत्पादन हुने गर्दछ। यसका साथै भैंसी, गाई, घोडा, खच्चर र बाख्रा पालिन्छ।
रोजगारीका लागि भारत र अन्य देश जाने पुरानो चलन हो। नेपाली सेनामा सेवा गर्ने खसहरूको संख्या निकै ठूलो छ। सरकारी सेवा र निजामती प्रशासनमा उनीहरूको राम्रो प्रभाव देखिन्छ। यसले गर्दा उनीहरूको आर्थिक अवस्था क्रमशः सुदृढ बन्दै गएको छ।
राज्यको नीति निर्माण र सत्तामा पनि खसहरूको बाहुल्य छ। उद्योग, खुद्रा पसल र होटल व्यवसायमा उच्च लगानी छ। सहरी क्षेत्र र वैदेशिक रोजगारीमा उनीहरूको उपस्थिति बलियो देखिन्छ। आर्थिक रूपमा यस समुदायमा धनी, मध्यम र गरिब वर्ग छन्। भूमि र प्राकृतिक स्रोतको स्वामित्वमा उनीहरूको बलियो पकड छ।
प्रमुख देवीदेवता, धर्मगुरु र जात्रापर्व
धार्मिक रूपमा खसहरू सनातन हिन्दु धर्ममा बढी विश्वास गर्छन्। उनीहरू विभिन्न प्रसिद्ध शक्तिपीठ र मन्दिरप्रति अगाध आस्था राख्छन्। सुर्खेतको काँक्रेविहार र डोल्पाको त्रिपुरासुन्दरी उनीहरूका प्रमुख तीर्थ हुन्। मुगुको ऋणिमोक्ष, दैलेखको पञ्चदेवाल र जाजरकोटको शिवालय महत्त्वपूर्ण छन्।
रुकुमको डिग्रे शाहीकुमारी र बझाङको खप्तड क्षेत्र प्रसिद्ध छन्। अछामको रामारोसन र डँडेलधुराको निग्लाशैनीको ठूलो महिमा छ। भगवान् शिवलाई प्रमुख इष्टदेवका रूपमा पूजा गर्ने गरिन्छ। गोरखनाथ र काली भगवतीलाई शक्तिको स्रोत मान्ने परम्परा छ। विष्णुलाई जगत् पालनकर्ता र संरक्षकका रूपमा श्रद्धा गरिन्छ।
वंश र थरअनुसार कुलदेवता पुज्ने आफ्नै तरिका छ। संस्कारअनुसार नाथ, कुल र पुरोहितलाई धर्मगुरु मानिन्छ। मरेका आफन्तको सम्झनामा धुमधामसँग गाईजात्रा मनाउने गरिन्छ। विजयादशमीमा शक्ति पूजा र तिहारमा भाइटीका लगाउने चलन छ। माघेसंक्रान्तिमा पवित्र नदीमा स्नान गरी तिल खाने गरिन्छ। सुदूरपश्चिम क्षेत्रमा गौरा पर्व हर्षोल्लासका साथ मनाइने गरिन्छ।
खस लोकगीत, लोक संस्कृति र लोकवार्ता
खस लोकगीत, संस्कृति र लोकवार्ताले उनीहरूको मौलिक पहिचान झल्काउँछन्। यसमा मानव जीवनका कर्म, संघर्ष र प्रेम भावना समेटिन्छन्। प्रकृति र रोदनलाई सरल एवं भावपूर्ण ढंगले व्यक्त गरिन्छ। यी रैथाने परम्पराहरू पुस्तौंदेखि मौखिक रूपमा संरक्षित छन्।
विवाह, वियोग र उत्सवका गीतहरूमा दोहोरिने मीठो लय हुन्छ। यी गीतका हृदयस्पर्शी शब्दले सबैको मन छुने गर्दछ। पुरुषहरूले परम्परागत रूपमा फेटा, लुगटी, कोट र टोपी लगाउँछन्। महिलाहरू गुन्युचोली, पटुका, तिलहरी र माला पहिरिन मन पराउँछन्। त्यस्तै नाकमा फुली, बुलाकी र कानमा माडुली लगाउने गरिन्छ।
नवजात शिशुलाई देवतासामु राखेर पुरोहितले नामकरण गर्छन्। जन्मको सातौं, नवौं र तेह्रौं दिनमा घरमा पूजा गरिन्छ। यस अवसरमा विशेष नाचगान र चरन गाउने चलन छ। विवाहमा दुलहा र दुलहीलाई जग्यमा सात फेरो घुमाइन्छ। यससँगै कन्यादान र आमाको मुख हेर्ने विधि पूरा गरिन्छ।
मृत्यु संस्कारमा आफ्नै कुलकुटुम्ब र नातागोता मात्र सहभागी हुन्छन्। दागबत्ती दिने र काजक्रिया गर्ने अधिकार छोराहरूलाई मात्र हुन्छ। मृतकको सम्झनामा वर्षदिनमा श्राद्ध र पिण्डदान गर्ने गरिन्छ। बाघ र गाईको मित्रताजस्ता कथा लोकवार्ताका उदाहरण हुन्। नानी र चलाख बाँदरका कथाले खस समुदायको पहिचान दिन्छन्।
राजनीति र राज्य सञ्चालनमा खस जाति
मध्ययुगमा खस जातिकै नेतृत्वमा विशाल खस राज्य स्थापना भयो। बाइसे र चौबिसे राज्यको एकीकरण सन् १७४३ देखि सुरु भयो। पृथ्वीनारायण शाहको नेतृत्वमा आधुनिक नेपाल निर्माणको जग बसालयो। त्यसबेलादेखि नै ठकुरी र क्षेत्रीको प्रशासनिक वर्चस्व कायम भयो। सेना र भूमिको स्वामित्वमा उनीहरूको पूर्ण अधिकार रहँदै आयो।
राणा शासनकालमा खस समुदायले राज्यसत्ता पूर्ण रूपमा कब्जा गर्यो। सुरुवाती चरणदेखि नै राज्य प्रशासनमा खसहरूको मुख्य भूमिका रह्यो। ब्राह्मण र क्षेत्री वर्गले राज्यका प्रमुख नीतिगत पदहरू ओगटे। पञ्चायतकालमा राष्ट्रिय एकता र ‘एक भाषा’ नीति लागू गरियो। प्रजातन्त्रको पुनर्बहालीपछि पनि उनीहरूको राजनीतिक दबदबा कायमै रह्यो।
सन् २००६ पछि देशमा समावेशी संघीय गणतन्त्रको सुरुवात भयो। अहिले आदिवासी, मधेसी, दलित र महिलालाई राज्यमा समेटिएको छ। तथापि, मूल नेतृत्व र नीति निर्माणमा खसहरूकै बाहुल्य देखिन्छ। लामो समय शासन गरे पनि आधुनिक राज्य संरचना विकासमा चुनौती छन्। प्रशासनिक सुधारका वास्तविक कामहरू अझै प्रभावकारी हुन सकेका छैनन्।
नेपाल एकीकरणमा खस जाति
नेपालको भौगोलिक एकीकरणमा खस जातिको भूमिका अत्यन्त महत्त्वपूर्ण छ। शाह वंशको नेतृत्वमा आधुनिक सिङ्गो नेपालको गौरवशाली स्थापना भयो। यस ऐतिहासिक अभियानको नेतृत्व मुख्य रूपमा खस क्षेत्रीहरूले गरे। एकीकरणका मुख्य सेनानी र भारदारहरू खस समुदायकै मानिस थिए।
उनीहरूले स–साना भुरेटाकुरे राज्यहरूलाई एउटै सूत्रमा बाँध्न सघाए। खसहरूको वीरता र प्रशासनिक सीपले नेपाललाई एकीकृत राष्ट्र बनायो। खस भाषाले देशलाई राजनीतिक र सांस्कृतिक रूपमा एकताबद्ध गरायो। पृथ्वीनारायण शाहले ‘दिव्य उपदेश’मार्फत राष्ट्र निर्माणको मार्गचित्र दिए। काजी कालु पाँडेले कुशल सेनापति र सल्लाहकारको भूमिका निभाए।
उनले अग्रपंक्तिमा रहेर बेलकोटको ऐतिहासिक युद्धमा वीरगति प्राप्त गरे। बहादुर शाहले एकीकरणको दोस्रो चरणको सफल अगुवाइ गरेका थिए। उनले पूर्वमा सिक्किम र पश्चिममा कुमाउँसम्म सिमाना विस्तार गरे। दामोदर पाँडेले एकीकरणपछि नेपालको प्रधानमन्त्री बनेर सेवा गरे। बडाकाजी अमरसिंह थापाले पश्चिम गढवाल र काँगडासम्म भूभाग बढाए।
उनले नालापानी र एङ्लो–नेपाल युद्धमा वीरतापूर्वक नेतृत्व प्रदान गरे। मुख्तियार भीमसेन थापाले देशको केन्द्रीय प्रशासनलाई निकै मजबुत बनाए। रणजित पाँडे, वीरभद्र थापा र बलभद्र कुँवरले अद्भुत साहस देखाए। यसरी खसहरूले रणनीति, युद्ध र राष्ट्रनिर्माणको हरेक तहमा योगदान दिए।
संगीत, साहित्य र कला क्षेत्रमा खस जाति
संगीत, साहित्य र कला क्षेत्रमा खस जातिको अमूल्य योगदान छ। उनीहरू मागल, झ्याउरे, टप्पा र देउडा मौलिक शैलीमा गाउँछन्। यी रैथाने गीतहरूमा प्रेम र ऐतिहासिक घटनाहरू समेटिएका हुन्छन्। मादल, दमाहा, झ्याली र सारंगी उनीहरूका मुख्य परम्परागत वाद्ययन्त्र हुन्।
श्रमजीवी वर्गले यी वाद्ययन्त्र बजाउने र संरक्षण गर्ने गर्छन्। तीज र दसैंजस्ता पर्वमा भजनकीर्तन गाएर धार्मिक भावना जगाइन्छ। लोक साहित्यमा कविता, कथा, आख्यान र निबन्ध निकै लोकप्रिय छन्। ती कथाहरू समाजमा अत्यन्तै मिठासपूर्ण ढंगले वाचन गर्ने गरिन्छ।
चित्रकला, मूर्तिकला र मन्दिरको सजावटमा उनीहरूको प्रतिभा देख्न सकिन्छ। ताम्रकला, काष्ठकला र माटोका भाँडाकुँडा बनाउने शिल्प उत्कृष्ट छ। धातुका सामान र कपडा बुन्ने हस्तकलामा उनीहरूको ठूलो योगदान छ। पारम्परिक गहनाहरूमा खस महिलाहरूको मौलिक सीप र क्षमता झल्किन्छ।
- कला, संस्कृति र भेषभूषाका माध्यमबाट खसहरूले पर्यटनमा सघाएका छन्। लोकगीत, मौलिक नृत्य र काष्ठकला पर्यटकका लागि मुख्य आकर्षण हुन्। यस्ता अमूल्य सम्पदाले देशको पर्यटन अर्थतन्त्रमा ठूलो योगदान दिन्छन्। खसहरूको ‘अतिथि देवो भवः’को भावनाले विदेशीहरूलाई आकर्षित गर्दछ।
- गोरखा राज्य र खस जाति बीचको सम्बन्ध नङ–मासु जस्तै छ। राजा द्रव्य शाहले सन् १५५९ मा गोरखा राज्यको स्थापना गरे। द्रव्य शाह आफैं पनि ऐतिहासिक खस वंशीय राजा थिए। उनले स्थानीय गुरुङ, मगर र खसहरूसँग मिलेर राज्य चलाए। यही सहकार्य नै आधुनिक नेपाल एकीकरणको बलियो आधार बन्यो।
- नेपालको भौगोलिक एकीकरणमा खस जातिको भूमिका अत्यन्त महत्वपूर्ण छ। शाह वंशको नेतृत्वमा आधुनिक सिङ्गो नेपालको गौरवशाली स्थापना भयो। यस ऐतिहासिक अभियानको नेतृत्व मुख्य रूपमा खस क्षेत्रीहरूले गरे। एकीकरणका मुख्य सेनानी र भारदारहरू खस समुदायकै मानिस थिए।
गोरखा राज्य र खस जाति
गोरखा राज्य र खस जातिबीचको सम्बन्ध नङ–मासु जस्तै छ। राजा द्रव्य शाहले सन् १५५९ मा गोरखा राज्यको स्थापना गरे। द्रव्य शाह आफैं पनि ऐतिहासिक खस वंशीय राजा थिए। उनले स्थानीय गुरुङ, मगर र खसहरूसँग मिलेर राज्य चलाए। यही सहकार्य नै आधुनिक नेपाल एकीकरणको बलियो आधार बन्यो। खस जातिका बाह्र अधिकारीहरूले राज्य सञ्चालनमा ठूलो सहयोग गरे। भीम रावतले सैन्य क्षेत्रमा रणनीतिक सल्लाह र नेतृत्व प्रदान गरे। गणेश पाँडेले मूल काजी बनेर द्रव्य शाहलाई राजा बनाएका थिए।
नरेन्द्र पोखरेलले गोरखा दरबारको सुरक्षा र प्रशासनको जिम्मेवारी सम्हाले। भीमराज भट्टले धार्मिक एवं सांस्कृतिक सल्लाहकारका रूपमा काम गरे। बिर्खे नकर्जीले हातहतियार र सैन्य कोष जुटाउन सल्लाह दिए। यसरी खस योद्धा र रैतीहरूको बलमा गोरखा राज्य सुदृढ भयो। खस किसानहरूले उत्पादन बढाएर राज्यको मूल अर्थतन्त्र बलियो बनाए। सांस्कृतिक अभ्यासले गोरखा राज्य र खस जातिलाई एकढिक्का बनायो।
पर्यटनमा खस जातिको महत्त्व
कला, संस्कृति र भेषभूषाका माध्यमबाट खसहरूले पर्यटनमा सघाएका छन्। लोकगीत, मौलिक नृत्य र काष्ठकला पर्यटकका लागि मुख्य आकर्षण हुन्। यस्ता अमूल्य सम्पदाले देशको पर्यटन अर्थतन्त्रमा ठूलो योगदान दिन्छन्। खसहरूको ‘अतिथि देवो भवः’को भावनाले विदेशीहरूलाई आकर्षित गर्दछ।
सांस्कृतिक पर्व र उत्सवहरूको संरक्षणले सांस्कृतिक पर्यटन प्रवद्र्धन भएको छ। पुराना दरबार र ऐतिहासिक किल्लाहरू पर्यटकीय स्थलमा परिणत भएका छन्। गोरखा दरबार, रानीमहल र सिँजा उपत्यका प्रमुख पर्यटकीय क्षेत्र हुन्। शैलेश्वरी र चन्दननाथ मन्दिरले धार्मिक पर्यटन भित्र्याउन मद्दत गरेका छन्।
पशुपतिनाथ र पाथीभरा क्षेत्र धार्मिक पर्यटकका लागि मुख्य केन्द्र हुन्। खस भाषाको रैथाने साहित्य र लोककथाले नेपालको पहिचान बढाएका छन्। होटल, ट्रेकिङ र यातायात क्षेत्रमा खस व्यवसायीहरूको ठूलो लगानी छ। यहाँका रैथाने भोजन र मौलिक सांस्कृतिक कार्यक्रमले पर्यटक लोभ्याउँछन्।
प्रतिक्रिया दिनुहोस !