अफगानिस्तानमा तीन हजार नेपाली युवा

अफगानिस्तानमा तीन हजार नेपाली युवा

काठमाडौं: सुरक्षाका दृष्टिले अत्यन्तै जोखिमपूर्ण अफगानिस्तानमा तीन हजार भन्दा धेरै नेपाली युवाहरु कार्यरत रहेका छन् ।

अफगानिस्तानमा वैधानिकरुपमै तीन हजार तीन सय २३ नेपाली कामदार कार्यरत रहेको वैदेशिक रोजगार विभागले जनाएको छ ।

ती कामदार सुरक्षा गार्डका लागि श्रम स्वीकृति लिएर संस्थागत रुपमा विभिन्न वैदेशिक रोजगार संस्थामार्फत अफगानिस्तान गएका वैदेशिक रोजगार विभागका महानिर्देशक शत्रुघ्नप्रसाद पुडासैनीले बताए ।

ती बाहेक कतिपय नेपाली व्यक्तिगत रुपमा भारत, पाकिस्तान लगायत मुलुक हुँदै गएको हुन सक्ने बताउँदै उनले त्यसको तथ्याङ्क भने विभागसँग नभएको जानकारी दिए ।

अवैधानिक रुपमा अफगानिस्तान गएका नेपालीको सङ्ख्या यकिन नभए पनि त्यो सङ्ख्या धेरै हुन सक्ने अनुमान गरिएको छ ।

 

अफगानिस्तान गएका नेपालीमध्ये कतिपय नेपाल आएर पुनः फर्केको हुन सक्ने उनको भनाइ छ । त्यो सङ्ख्या बढेको देखिने बताउँदै उनले वैधानिक रुपमा हालसम्म गएका नेपालीको सङ्ख्या करिब आठ हजार भएको जानकारी दिए ।

विभागले हालसम्म व्यक्तिगत तवरमा कुनै पनि नेपालीलाई काम गर्नका लागि अफगानिस्तान जान स्वीकृति दिएको छैन ।

त्यहाँको सरकारको माग अनुसार विभागले विशेष गरी संयुक्त राष्ट्रसङ्घीय एजेन्सी र त्यहाँस्थित कूटनीतिक निकायमा सुरक्षा गार्डका रुपमा पूर्वसैनिक एवम् प्रहरीलाई स्वीकृति दिँदै आएको छ । रासस


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.