इनफोकस ब्रान्डका स्मार्टफोन नेपाल भित्रिदैँ

काठमाडौं: प्रिज्म टेक्नोलोजीले अमेरिकी इलोक्ट्रोनिक्स कम्पनि इनफोकसका स्मार्टफोन नेपाल भित्र्याउने भएको छ।
कम्पनिका मार्केटिङ प्रमुख संगीता सिलवाल अनुसार असार अन्तिम साता देखि नेपालका बिक्रि वितरण सुरु गरिनेछ।
उनका अनुसार प्रारम्भिक चरणमा २ मोडेलका स्मार्टफोन र एक फिचरफोन मोडेल सार्वजनिक गरिनेछ।
कम्पनीले स्मार्टफोन अन्तर्गतको एम ८१२ र एम ६८० दुइ मोडलको प्रिमियम फोन ल्याउने तयारी गरेको हो।
मेटल डिजाइन भएके एम ८१२ स्मार्टफोनमा ४ सय ४० पीपीआइ सहितको ५.५ इन्चको फुल एचडी स्क्रीन हुनेछ।
फोनमा सोनीको आइएमएक्स २८९ सेन्सर भएको १३ मेगापिक्सलको रियर क्यामरा र सेल्फीको लागी ८ मेगा पिक्सेलको फ्रन्ट क्यामरा हुनेछ।
कवालकम स्नयापड्रेगन २.५ गेगाहर्जको क्वाडकोर प्रोसेसर रहेको यस फोनमा ३ जीबी र्याम तथा १६ जीबी इन्टरनल स्टोरेज र २९ सय एमएएचको ब्याट्री हुने कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार एम ६८० भने इन्ट्री लेभलको फोन हो। मेटल डिजाइन युक्त फोनमा ५.५ इन्चको फुल एचडी स्क्रीन रहेको छ।
फोनमा सोनीको आइएमएक्स २८९ सेन्सर भएको १३ मेगापिक्सलको रियर क्यामरा र १३ मेगा पिक्सेलको फ्रन्ट क्यामरा रहेको छ।
यस फोनमा कवालकम स्नयापड्रेगन १.३ गेगाहर्जको अक्टाकोर प्रोसेसर, २ जीबी र्याम, १६ जीबी इन्टरनल स्टोरेज, २६ सय एमएएचको ब्याट्री रहने कम्पनीले जनाएको छ।
यी दुवै स्मार्टफोनले ४ जि पनि सपोर्ट गर्नेछ भने यसमा रहेको हाइ स्पिड एलइटीले गर्दा युजरहरुले दु्रत गतिमा डाटा डाउनलोड गर्न तथा वेब पेज खोल्न सक्ने कम्पनीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !
