मोबाइल एक्स्पोमा ५० लाखको कारोबार

 मोबाइल एक्स्पोमा ५० लाखको कारोबार

काठमाडौं: राजधानीको नयाँ बसपार्कस्थित बीजी मलमा सञ्चालित मोबाइल एक्स्पोमा ५० लाख रुपैंयाको कारोबार भएको छ।

बीजी मलमा मोबाइलका पारखीलाई लक्षित गरि आयोजना गरिएको मोबाइल एक्स्पोको आठौं दिनसम्ममा ५० लाखको व्यापार भएको आयोजकले जनाएको छ। मेला २५ हजारभन्दा बढीले अवलोकन गरिसकेका छन्।

‘हरेक मोबाइलको खरिदमा हात खाली नजाने उपहार' योजना सहित संचालमा आएको मोबाइल एक्स्पोमा ग्राहकले २० प्रतिशत सम्मको छुट प्राप्त गर्नेछन् । मलका अध्यक्ष बासु गिरीले एक्स्पोमा ग्राहकको उपस्थिति र ५० लाखको व्यापारले मेला आयोजना गरेको लक्ष्य पूरा भएको बताएका छन्।

उनका अनुसार एक्स्पो अवधिमा ग्राहकले बीजी मलका सबै फेन्सी पसलबाट सामान खरिद गर्दा २० प्रतिशत छुट पाउनेछन्। साथै उक्त अवधिमा मेलमा आउने ग्राहकमध्ये दुईजनाले दैनिक लक्की ड्रमार्फत स्मार्टफोन पाउनेछन्।

 

आयोजकका अनुसार बुधबारसम्म १६ जना विजेताले मोबाइल सेट प्राप्त गरिसकेका छन्।सबै मोबाइल ब्रान्डका आधिकारिक सोरुमसहितको एक्स्पोमा एक हजारदेखि ९९ हजार रुपैयाँसम्मका मोबाइल सेट राखिएको छ।

मेलामा १० हजार रुपैयाँभन्दा बढीको सामान खरिद गर्दा ग्राहकले अनिवार्य रूपमा आकर्षक उपहार पाउने योजना पनि रहेको छ भने एक्स्पो अवधिमा मोबाइल खरिद गर्ने ग्राहकमध्ये दुईजनाले नगद फिर्ता पाउनुका साथै एक जोडीले दुई रात तीन दिनको पोखरा ट्रिपको उपहार पाउने मलले जनाएको छ।

मोबाइल एक्स्पोको अवसर पारेर बीजी मलले शनिबार मल परिसरमा सांगीतिक कार्यक्रम आयोजना गर्ने जनाएको छ। मेला शनिबारसम्म सञ्चालन हुनेछ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.