'अन्तर्राष्ट्रिय उडानका टिकट बिक्रीमा सिन्डिकेट'

 'अन्तर्राष्ट्रिय उडानका टिकट बिक्रीमा सिन्डिकेट'

काठमाडौं: नेपालमा नियमित उडान गर्ने अन्तर्राष्ट्रिय उडानका वायुसेवाले ठूलो मात्रामा टिकेटिङको कारोबार गर्ने तथा बजार होल्ड गर्न सक्ने ट्राभल एजेन्सीलाई मात्रै टिकट दिएर सिन्डिकेट सुरु गर्न थालेको आरोप सोसाईटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले लगाएको छ।

एयरलाइन्ससँगको मिलेमतोमा थोरै टिकेट बेच्ने र नयाँ ट्राभल एजेन्सीलाई निरुत्साहित गर्नेगरी टिकेटिङको सिस्टम नै उपलब्ध नगराएको दाबी सोट्टो नेपालका अध्यक्ष यमबहादुर खड्काको छ।

उनका अनुसार बजारमा ठूला भनेर चिनिएका केही ट्राभल एजेन्सीको गाइडलाइनमा एयरलान्इसले टिकेटिङको सिस्टम वितरण गर्न थालेका छन्।

सोट्टो नेपालका अनुसार अन्तर्राष्ट्रिय उडानका वायुसेवाले ग्लोबल डिस्ट्रिब्युसन सिस्टम (जीडीएस) मा विभेद गर्न थालेका छन्। अन्तर्राष्ट्रिय हवाई यातायात संगठन (आयटा) को सदस्य नभएका व्यवसायीलाई जीडीएस सिस्टम नदिएका कारण टिकेटिङ व्यवसाय नै प्रभावित हुन पुगेको सोट्टो नेपालको भनाइ छ।

नेपालमा उडान गरिरहेका अन्तर्राष्ट्रिय उडानका वायुसेवाका विमानको सिट हेर्ने यो सिस्टम आयटाका सदस्य भएकालाई पनि नदिएको भन्दै सोट्टोले विरोध गरेको हो।


सोट्टो नेपालका अनुसार अन्तर्राष्ट्रिय उडानका वायुसेवाले ग्लोबल डिस्ट्रिब्युसन सिस्टम (जीडीएस) मा विभेद गर्न थालेका छन्। अन्तर्राष्ट्रिय हवाई यातायात संगठन (आयटा) को सदस्य नभएका व्यवसायीलाई जीडीएस सिस्टम नदिएका कारण टिकेटिङ व्यवसाय नै प्रभावित हुन पुगेको छ। 

 

सोट्टोका अनुसार एयरलाइन्ससँग नजिक भएका वा १५ हजार रुपैयाँ सम्बन्धित एयरलाइन्समा डिपोजिट गर्न लगाएर केही व्यवसायीलाई सिस्टम दिएको भए पनि ठूला व्यवसायीको निर्देशनमा आयटाका सदस्य भएका व्यवसायीलाई पनि यो सुविधा नदिएको सोट्टोको आरोप छ।

 

व्यवसायीले व्यवसाय गर्न पाउने अधिकारलाई यो सिस्टम नदिँदा रोक्न खोजिएको आरोप सोट्टोले लगाएको छ।

सोट्टोको सदस्य भएका अधिकांश व्यवसायीलाई विमान बंगलादेश, कतार एयरवेज, इमिरेट्स एयरवेज, इत्तिहाद एयरवेजलगायतले यस्तो सिस्टम दिएका छैनन्।

अन्तर्राष्ट्रिय वायुसेवाका जहाजको सिट हेर्ने र टिकट काट्ने यस्तो सिस्टममा एमाडस, ग्यालिलियो र एमाकस (सर्भर) प्रयोग भइरहेको छ।

यही सिस्टम नदिएकोमा सोट्टोले विरोध गरेको हो। यसअघि सन् २००८ मा पनि सोट्टोले जीडीएसको विरोध गरेको थियो। यसपछि सहज भएको यो व्यवस्थामा पुनः असहज भएको सोट्टोका भनाइ छ।

सरकारबाट अनुमति लिएर व्यवसाय गरेका व्यवसायीलाई टिकेटिङ व्यवसाय गर्न दिनबाट गरेको वञ्चितको विरोधमा सोट्टोले आफ्नो आवाज उठाउने भएको छ। जीडीएसबाट टिकेटिङको सूचना पाउने अधिकारलाई आयटा सदस्य भएका र नभएकामा कुनै विभेद गर्न नहुने पनि सोट्टो नेपालको भनाइ छ।

सम्बन्धित वायुसेवासँगको छलफल र सहमतिबाटै व्यावसायिक हक खोज्ने तयारीमा सोट्टो छ। व्यवसायीलाई अहसज हुने गरी गरिएको व्यवस्था नहटाए र सम्बन्धित एयरलाइन्सँगको वार्ता वा सहमतिमा माग पूरा नभए आन्दोलन गर्नेसम्मको चेतावनी सोट्टो नेपालले दिएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.