सुनसरीमा सिटिजन्सको शाखारहित बैंकिङ

 सुनसरीमा सिटिजन्सको शाखारहित बैंकिङ

काठमाडौं: सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सुनसरी जिल्लाकोे लौकही गाविसमा आफ्नो ९३औं शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ।

देशका विभिन्न दुर्गम स्थलका बासिन्दालाई सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ सेवा पुर्याउने उद्देश्यका साथ बैंकले लौकहीमा नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको हो।

उक्त शाखारहित बैंकिङ सेवाको उद्घाटन बैंकका इटहरी शाखा प्रमुख सुव्रत रोयले गरेका छन्। उक्त शाखारहित बैंकिङ सेवा सञ्चालनका लागि बैंकले स्थानीय व्यवसायी अशोककुमार यादवलाई प्रतिनिधि नियुक्त गरेको छ।

उक्त शाखामार्फत ग्राहकले निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानीलगायत बैंकले प्रदान गर्ने सेवा प्राप्त गर्न सक्नेछन्।
यस सेवाबाट दुर्गम क्षेत्रमा समेत बैंकिङ साक्षरतामा विस्तार भई उपभोक्ता बैंकिङ कारोबारमा आवद्ध हुने विश्वास बैंकले लिएको छ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.