आईएमई अटोमोटिभ्सको वार्षिकोत्सव

आईएमई अटोमोटिभ्सको वार्षिकोत्सव

काठमाडौं: आईएमई ग्रुपअन्तर्गतको आईएमई अटोमोटिभ्स प्रालि (आइएमईए) ले शुक्रबार आफ्नो स्थापनाको आठौं वार्षिकोत्सव मनाएको छ।

सन् २००९ मा स्थापना भएको आईएमईए एस्कर्टस ग्रुप (भारत) अन्तर्गतको एस्कर्टस ब्रान्डको कन्सट्रक्सन इक्विप्मेन्टसको आधिकारिक वितरक हुनुका साथै नेपालका लागि अमेरिकी बाइक कम्पनी यूएम इन्टरनेसनल एलएलसीको पनि आधिकारिक वितरक हो।

वार्षिकोत्सवका अवसरमा कम्पनीले पानीपोखरीस्थित आफ्नो कर्पोरेट कार्यालयमा आन्तरिक स्टाफको सम्मेलन पनि आयोजना गरेको छ।

उक्त समारोहमा आईएमईएका प्रमुख कार्यकारी अधिकृत कपिल शिवाकोटीले कर्मचारीको लगनशीलता र अथक प्रयासका कारण कम्पनी यस स्थानमा आइपुगेको र आगामी दिनमा पनि यस्तै योगदानको अपेक्षा राखेको बताए।

कम्पनीले हालै कमर्सियल गाडीको विश्वस्तरीय ब्रान्ड तथा १० दशकदेखिको विशेषज्ञता बोकेको अशोक लेल्यान्डको देशभरका लागि आधिकारिक वितरक बन्दै आफ्नो यात्राको एउटा नयाँ अध्याय पनि सुरु गरेको छ।

 

साथै कम्पनीले गत बुधबार आफ्नो भक्तपुर सोरुममा टेस्ट ड्राइभ आयोजना गरेको छ। कम्पनीले विभिन्न ठाउँमा आयोजना गर्दै आएको टेस्ट ड्राइभ कार्यक्रम भक्तपुर सोरुममा आयोजना गरेको हो।

कम्पनीका अनुसार टेस्ट ड्राइभ काठमाडौं, भक्तपुर र ललितपुरका विभिन्न ठाउँमा आयोजना हुनेछ। टेस्ट ड्राइभ हुने ठाउँको टुङ्गो भने युवा वर्गको बढी सहभागिता हुने स्थानलाई प्राथमिकता दिएर लगाइने कम्पनीले जनाएको छ, जसमा बाइक प्रेमीलाई यूएम बाइकको लाइभ अनुभव लिने अवसर प्राप्त हुनेछ।

कम्पनीले अर्को टेस्ट ड्राइभ सोमबार ललितपुरको नख्खिपोट, आगामी शनिबार नागबहाल पाटन, असार २१ गते मोर्गन इन्टरनेसनल कलेज बसुन्धारा र असार २४ गते किङ्स कलेज बबरमहलमा आयोजना गर्ने जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.