लेनोभोले घटायो स्मार्टफोनको मूल्य

  लेनोभोले घटायो स्मार्टफोनको मूल्य

काठमाडौं: लेनोभो स्मार्टफोनको आधिकारिक वितरक लाइफकम प्रालिले स्मार्टफोनको बजारमा रहेको प्रतिस्पर्धालाई ध्यान दिँदै आफ्नो स्मार्टफोनका केही मोडल सेटहरूमा मूल्य कटौती गरेको छ।

यसअघि नै सुपथ मूल्यमा उपलब्ध स्मार्टफोनलाई थप किफायती बनाउन उद्देश्यका साथ कम्पनीले स्मार्टफोनको बजार मूल्य घटाएको हो।लेनोभोले बजारमा ग्राहकले मन पराएको मोडल लेनोभो ए३१९डब्लु, ए३२८डब्लु, ए५३६डब्लु र लेनोभो ए५००० मा उच्च मूल्य कटौती गरेको जनाएको छ।

यी फोनको नयाँबजारमा क्रमशः ६ हजार सात सय ५०, आठ हजार एक सय ५०, १० हजार ६ सय ५० र १२ हजार आठ सय ५० रहेको कम्पनीले जनाएको छ।यसअघि यी स्मार्टफोनको बजार मूल्य क्रमशः १५ हजार दुई सय, सात हजार पाँच सय, १० हजार र १२ हजार दुई सय रहेको थियो।

विश्वका उत्कृष्ट स्मार्ट फोन ब्रान्डमा चौथो स्थानमा पर्ने लेनोभोले ल्यापटप, स्मार्टफोन, ट्याबलेट र स्मार्ट टीभीलगायतका उच्चस्तरीय प्राविधिक उपकरणद्वारा ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ। 

लेनोभोले बजारमा ग्राहकले मन पराएको मोडल लेनोभो ए३१९डब्लु, ए३२८डब्लु, ए५३६डब्लु र लेनोभो ए५००० मा उच्च मूल्य कटौती गरेको जनाएको छ।

 यसको बजार विश्वभरि द्रुतगतिमा विस्तार भइरहेको कम्पनीले जनाएको छ।लेनोभोले नेपाली बजारमा विभिन्न किसिमका बजेटअनुकूल उत्पादन ग्राहकमाझ उपलब्ध गराउँदै आएको छ।प्रविधि र बनावटका कारण नेपाली बजारमा पनि लेनेभोले छोटो समयमा सफलता हात पारिसकेको छ।

मूल्य कटौती भएका मोडलका ग्राहक कम्पनीले लागू गरेको क्यास काउन्ट योजनामा पनि सहभागी हुन सक्नेछन्।लाइफकमले यो योजनाप्रति ग्राहकले देखाएको सकारात्मक प्रतिक्रियालाई सम्बोधन गर्दै यो कदम चालेको जनाएको छ।

लेनोभो क्यास काउन्ट योजनाअन्तर्गत प्रत्येक लेनोभो स्मार्टफोनको खरिदमा ग्राहकले एउटा स्क्र्याच कार्ड पाउनेछन्, जुन स्क्रयाच गरी स्योर सट पाँच सयदेखि एक लाखसम्म क्यास काउन्ट गर्ने अवसर पाउने कम्पनीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.