क्रिकेटर भेष्वाकर ड्याटसनको ब्रान्ड एम्बेसडर

 क्रिकेटर भेष्वाकर ड्याटसनको ब्रान्ड एम्बेसडर

काठमाडौं: ड्याटसन गाडीको आधिकारिक विक्रेता पायोनियर मोटो कर्पले नेपाली राष्ट्रिय क्रिकेट खेलाडी शरद भेष्वाकरलाई ब्रान्ड एम्बेसेडर नियुक्त गरेको छ । सय वर्ष पुरानो इतिहास भएको जापानी कार ड्याटसन आरामदायी र सुरक्षित मानिन्छ।

ड्याटसनले नेपाली बजारमा 'गो' र 'गो प्लस' ल्याइसकेको छ। ड्याटसन गोले गत वर्ष जेनिटेसन अटो अवार्डमा ‘इन्ट्री लेभल ह्याचब्याक अफ द इयर’ अवार्ड जितेको कम्पनीले जनाएको छ।

यसको १२ सय सीसीको शक्तिशाली इन्जिनले उपभोक्तालाई सबैभन्दा बढी इन्धन किफायत प्रदान गर्ने कम्पनीले जनाएको छ। गाडीमा इर्गोनोमिक गियर सिफ्ट, पार्किङ बे्रक पोजिसनल प्रयोग गरिएको छ, जसले गाडीलाई सुरक्षित राख्नुका साथै चालकलाई आरामदायी यात्रा प्रदान गर्ने कम्पनीले जनाएको छ।

उत्कृष्ट ग्राउन्ड क्लियरनेस भएको यो गाडी नेपालको बाटो सुहाउँदो रहेको कम्पनीले जनाएको छ। त्यस्तै कम्पनीको ड्याटसन गो प्लसमा डीओएचसी १.२ लिटरको भ्री सिलिन्डर पेट्रोल इन्जिन रहेको छ, जसले ७५ पीएस र १०४ एनएमको टर्क प्रदान गर्ने कम्पनीले जनाएको छ।

५ स्पिड म्यानुयल ट्रान्समिसन रहेको यस गाडीले २० किलोमिटर प्रतिलिटरका दरले माइलेज प्रदान गर्छ, जुन एमपीभी सेग्मेन्टमा सबैभन्दा उत्तम रहेको कम्पनीले जनाएको छ।

ड्याटसन गो प्लसले सन् २०१५ मा १६औं सीएबीसी-टीभी१८ ओभरड्राइभ अवार्ड जितेको छ । कम्पनीका अनुसार यो कार नेपालमा उपलब्ध कारमध्ये सबैभन्दा सस्तो सात सिट भएको गाडी हो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.