सोरुम विस्तार गर्दै फोर्स मोटर्स
![सोरुम विस्तार गर्दै फोर्स मोटर्स](https://annapurnapost.prixacdn.net/media/albums/57727f47b49a17.22904951_MISiwQOp0q.jpg)
काठमाडौं: फोर्स मोटर्स लिमिटेडको आधिकारिक विक्रेता आयाम इन्टरकन्टिनेन्टल प्रालिले विर्तामोड, विराटनगर र राजविराजमा सोरुम विस्तार गरेको छ।
स्थानीय विक्रेता सिद्धार्थमार्फत झापाको बिर्तामोडमा, केआर अटोमोवाइल्स प्रालिमार्फत विराटनगरमा र मास ग्लोबल मोटर्स प्रालिमार्फत सगरमाथाको राजविराजमा सोरुम सञ्चालनमा ल्याएको हो।
साथै कम्पनीले फोर्स मोटर्सका ब्रान्ड ट्रयाक्स क्रुसर जिप, ट्रयाक्स ४० लगायतका गाडी सार्वजनिक गरेको छ।
सो अबसरमा फोर्स मोटर्सका उत्पादन ट्राभलर मिनी बस, ट्रयाक्स, एमबुलेन्सलगायतबारे जानकारी गराइएको कम्पनीले जनाएको छ।
यसभन्दा अगाडि आयाम इन्टरकन्टिनेन्टलले काठमाडौंको गैरीधारा र पोखराको बुद्धचोकमा सोरुम सञ्चालनमा ल्याइसकेको छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)