सुक्खा बन्दरगाहमा रोकियो मल

सुक्खा बन्दरगाहमा रोकियो मल

वीरगन्ज: भारत र तेस्रो मुलुकबाट नेपालका लागि आयात भएको रासायनिक मल वीरगन्जको सुक्खा बन्दरगाहा (ड्राइपोर्ट) मा दुई हप्तादेखि रोकिएको छ।

बन्दरगाहको गोदाम भाडा र भारतीय रेलको बिलम्ब शुल्क नतिरेको भन्दै बन्दरगाहा सञ्चालक हिमालय टर्मिनल्स प्रालिले असार २ गतेदेखि मल रोकेर राखेको छ।

कृषि सामग्री संस्थान लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनले भारत र तेस्रो मुलुकबाट रासायनिक मल आयात गर्दै आएका छन्। गोदाम भाडा र रेलको बिलम्ब शुल्क नतिरेको भन्दै हिमालय टर्मिनल्सले मल ढुवानी रोकेपछि बन्दरगाहाको गोदममा एक लाख ७० हजार बोरा युरिया मल थन्किएर बसेको छ।

यसमा कृषि सामग्री कम्पनीको ७० हजार र साल्ट ट्रेडिङको एक लाख बोरा युरिया मल छ। मधेस आन्दोलन र नाकाबन्दीका बेला सुक्खा बन्दरगाहको गोदाममा राखिएको मलको गोदाम भाडा र रेलको बिलम्ब शुल्क नतिरेको भन्दै हिमालयन टर्मिनल प्रालिले त्यहाँबाट मल निकाल्न नदिएको कृषि सामग्री संस्थान क्षेत्रीय कार्यालय वीरगन्जका प्रमुख राजेन्द्रबहादुर कार्कीले बताए।

कृषि सामग्री संस्थान र साल्ट्र ट्रेडिङले भारत र तेस्रो मुलुकबाट खरिद गरिएको रासायनिक मल भारतको कोलकात्ता र हल्दिया बन्दरगाहाबाट विभिन्न ट्रान्सपोर्ट कम्पनीमार्फत ढुवानी गराएर नेपालमा अयात गर्दै आएका छन्।

 

कोलकात्ता र हल्दिया बन्दरगाहामा आएको मल वीरगन्जमा रहेको कृषि सामग्री 'संस्थान र साल्ट्र ट्रेडिङको गोदामसम्म ल्याइदिने जिम्मेवारी ढुवानी कम्पनीको हो ',कृषि सामग्री संस्थान क्षेत्रीय कार्यालय वीरगन्जका प्रमुख कार्कीले भने,' गोदाममा आएपछि मात्रै हामीले मल सम्बन्धित जिल्लामा पठाउने गरेका छौं।'

कृषि सामग्री संस्थान र साल्ट्र ट्रेडिङले रासायनिक मल ढुवानीका लागि अशोक विनायक रोडवेज ,ग्लोबल ढुवानी सेवा, जेबी रोडवेज, एचएच ट्रेडिङ, हनुमान रोडवेज र शान्ति रोडवेजसँग सम्झौता गरेका छन्।अहिले हिमालयन टर्मिनल प्रालिले माग गरेको गोदाम भाडा र बिलम्ब शुल्क पनि तिनै ६ वटा ढुवानी कम्पनी तिर्नु पर्नेछ।

 

बन्दरगाहको गोदाम भाडा र भारतीय रेलको बिलम्ब शुल्क नतिरेको भन्दै बन्दरगाहा सञ्चालक हिमालय टर्मिनल्स प्रालिले असार २ गतेदेखि मल रोकेर राखेको छ।

 

मल ढुवानीको जिम्मा लिएका कम्पनीले हिमालय टर्मिनल्सलाई गोदाम भाडा बापत् २४ करोड ८० लाख २७ हजार नौ सय ९४ रुपैयाँ र रेलको बिलम्ब शुल्क बापत् दुई करोड ७४ लाख २७ हजार पाँच सय २० रुपैयाँ गरी कुल २७ करोड ५४ लाख ५५ हजार रुपैयाँ तिर्नु पर्ने हिमालय टर्मिनल्स प्रालिका प्रवक्ता अमिनेष कुमारले जानकारी दिए।

६ महिना देखिको गोदाम भाडा र विलम्ब शुल्क तिर्न पटकपटक पत्रचार गरे पनि अटेर गरेपछि बन्दरगाहाबाट रासायनिक मल निकाल्न नदिइएको प्रवक्ता अमिनेष कुमारले बताए। बक्यौता रकम भुक्तानी नभएसम्म मलको निकासी नगरिने उनले स्पष्ट पारे। सुक्खा बन्दरगाह सञ्चालनको जिम्मेवारी लिएको हिमालयन टर्मिनल प्रालिले बन्दगाहामा आइसेकेको मलको निकासी रोकेपछि असारको मध्यसम्म पनि किसानले रासायनिक मल पाउन सकेका छैनन्।

अहिले रोपाइँ चलिरहेकै बेला बन्दरगाहामा मल रोकिएपछि वीरगन्जमा रहेको कृषि सामग्री संस्थान क्षेत्रीय कार्यालय र साल्ट ट्रेडिङले विभिन्न जिल्लामा मल पठाउन सकिरहेका छैनन्।

'बन्दरगाहको अवरोध तत्काल खुलेन भने धान खेतीका लागि यसपाली मलको हाहाकार हुन सक्छ', कार्यालय प्रमुख कार्कीले भने, 'हल्दिया पोर्टबाट थप तीन लाख बोरा डीएपी मल आउँदैछ, एक हप्ता भित्रमा त्यो मल सुक्खा बन्दरगाहामा आइपुग्छ।'

यसैबीच व्यवस्थापिका संसद्को कृषि तथा जलस्रोत समितिले मल निकासीको समस्या तीन दिन भित्र सामधान गर्न कृषि मन्त्रालयलाई निर्देशन दिएको छ । काठमाडौंमा सोमबार आयोजित रासायनिक मल सम्बन्धी छलफलमा समितिले कृषि मन्त्रालयलाई निर्देशन दिएको हो।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.