मुस्ताङमा युरेनियम, पेट्रोलियम र नुनखानी खोजिँदै

मुस्ताङमा युरेनियम, पेट्रोलियम र नुनखानी खोजिँदै

बेनीः सरकारले हिमाली जिल्ला मुस्ताङमा नुनखानी, पेट्रोलियम पदार्थ र युरेनियमको अध्ययन सुरु गरेको छ ।

उद्योगमन्त्री सोमप्रसाद पाण्डेको नेतृत्वमा खानी तथा भूगर्भ विभाग र घरेलु तथा साना उद्योग विकास समितिका प्राविधिकसहित २२ जनाको टोलीले मुक्तिनाथ, छुसाङ र लोमान्थाङ क्षेत्रमा नुन, पेट्रोल र युरेनियमको विस्तृत अध्ययन सुरु गरेका हुन् ।

सोमबार राति मुस्ताङ पुगेको टोलीले मुक्तिनाथ क्षेत्रमा पेट्रोलियम पदार्थका विषयमा विस्ततृ अध्ययन र जानकारी लिएको छ ।

मुक्तिनाथ मन्दिरको मूख्य मन्दिर हुदै भूमिगत रुपमा बग्ने कागखोला माथि निरन्तर बल्ने आगो ग्यास हुनसक्ने अनुमान गरिएको छ ।

धार्मिक हिसाबले उक्त आगोलाई दैवीशक्ति भनिएपनि केहीरुपमा पेट्रोलिमय पदार्थको गन्ध समेत आउने भएकाले उत्खनन् र अध्ययन जरुरी रहेको खानी तथा भुगर्भ विभागका प्रमुख राजन पौडेलले जानकारी दिए ।

हिन्दु र बौद्ध धर्मालम्बीको आस्थाको धरोहर मानिने मुक्तिनाथ क्षेत्रमा बर्षौदेखि पेट्रोलिमय पदार्थ रहेको अनुमान गएिपनि त्यस विषयमा ठोस काम हुन सकेको छैन । टोलीले, मंगलबार छुसाङ गाविसको तेताङमा रहेको नुनखानीको स्थलगत अध्ययन गर्दै तत्काल प्रक्रिया अघि बढाउनुपर्ने निस्कर्ष निकालेको छ ।

करिब २० वर्षअघि स्थानीयको नेतृत्वमा नुन उत्खनन् गर्दै गाउँ तथा जिल्लास्तर पनि विक्रीवितरण हुने गरेपनि अहिले भने यो पूर्ण रुपमा बन्द छ ।
नुनखानीको पहाडै देखिएपनि उत्खनन हुन नसक्दा आयातित नुन खानुपरेको स्थानीय धर्म गुरुङले बताए ।

‘पहिला यही क्षेत्रकै एकजनाले उत्खनन्को काम गर्नुहुन्थ्यो, उहाँ बुढो भएपछि यो काम बन्द भएको हो, उनले भने, ‘भौगोलिक रुपमा अलि जटिल भएकाले दक्ष जनशक्ति नहुँदा समस्या भयो ।’

नुनखानी जान तेताङ गाउँको बीचमा कालीगण्डकी रहेका कारण वर्षायाममा अलि बढी समस्या हुने स्थानीयबासीको भनाई छ ।

टोलीमा सहभागी वरिष्ठ भूर्गविद् धर्मराज खड्काले परम्परागत रुपमा विगतमा नुनको उत्खनन् हुने गरेको बताए ।

‘नुनखानीको ठुलो क्षेत्र छ, खोलाले बगाएर ल्याउने भएकाले स्थानीयले पोखरी बनाएर उत्पादन गर्ने गरेको पाएका छौँ’, उनले भने, ‘त्यसरी उनीहरुले ५ देखि ७ हजार केजीसम्म नुन निकाल्थे, यो भन्दा थुप्रै बढी निकाल्न सकिन्छ ।’

 

टोलीले लोमान्थाङ क्षेत्रमा युरेनियम र जोमसोमस्थित ठिनी गाउँमा रहेको कोइलाखानीको समेत अनुसन्धान गर्नेछ । भुगर्भ विभागले एकबर्ष अघि गरेको अध्ययनमा लोमान्थाङ क्षेत्रको १० किलोमिटर लम्बाई र तीन किलोमिटर चौडाईमा युरेनियमको भण्डार भेटिएको थियो ।

इन्धन र पारमाणीक हतियारको रुपमा प्रयोग गर्न सकिने युरेनियमको प्रयोगका विषयमा नेपाल ऐन बन्ने क्रममा रहेको भुर्गविद खड्काले बताए ।

मन्त्री पाण्डेले विस्तृत अध्ययनपछि उत्खनन्का लागि प्रक्रिया अघि बढाईने जानकारी दिए । ‘सरकारले यहाँको सम्भावनाको खोजी गरिरहेको छ,

प्राविधिकहरुको सुझाबको आधारमा अघि बढ्नेछौँ’, उनले भने । आगामी तीनबर्ष भित्र ग्यास, नुन र अन्य खानीको उत्खनन् गरी प्रयोगमा ल्याउने गरि सरकारले प्रक्रिया अघि बढाइएको उनले बताए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.