नयाँ सुबिधा सहित 'हाम्रो पात्रो' नयाँ भर्जनमा

 नयाँ सुबिधा सहित 'हाम्रो पात्रो' नयाँ भर्जनमा

काठमाडौं: हाम्रो पात्रो नयाँ सुबिधासहित नयाँ भर्जनमा आएको छ।

समयानुकूल परिवर्तन, परिमार्जन गर्दै प्रयोगकर्ताको विश्वसनीय र प्यारो मोबाइल सहयात्री बन्न गरेको प्रयासमा एपमा विभिन्न विशेषता थप गरेको छ।

एप्लिकेसनमा कम्पनीले अहिले समाचार पृष्ठ थप गरेको छ। यसबाट प्रयोगकर्ताले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचार पढ्न सक्नेछन् । साथै प्रयोग कर्ताले आफूलाई मनपर्ने विषयको समाचार मात्र पनि पढ्न सक्नेछन्।

यस्तै नयाँ भर्जनको हाम्रो पात्रोमा जसतोसुकै इन्टरनेटमा पनि तस्बिर खुल्ने कम्पनीले जनाएको छ। हाम्रो पात्रोमा प्रयोगकर्ताले सूर्योदय, सूर्यास्त, चन्द्रोदय, चन्द्र अस्त, नेपाल सम्बत्सहितको पूर्ण पञ्चाङ पनि हेर्न र पढ्न सकिनेछ।

यसमा दिन विशेषको तिथि केवल नदेखाई एउटा तिथिको अन्त्य र अर्को तिथिको सुरुवात हुने समय पनि बताउने कम्पनीले जनाएको छ । यसमा तरकारी र फलफूलको आधिकारिक ताजा मूल्य दैनिक रूपमा प्रस्तुत हुनेछ।

प्रयोगकर्ताले यसमार्फत् कालिमाटी थोक तथा खुद्रा तरकारी बजार व्यवस्थापनले तोकेबामेजिम खुद्रा र थोक दुवै मूल्य प्राप्त गर्न सक्ने निमार्णकर्ताले जनाएको छ। साथै एपमा लोडसेडिङको तालिका पनि हुनेछ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.