एलजीको टर्बो वासिङ मेसिन बजारमा
काठमाडौं: चौधरी ग्रुप अन्तर्गत एलजी ब्रान्डको इलेक्ट्रोनिक्स लगायत घरायसी सामग्रीको नेपालका लागि एकमात्र आधिकारिक बिक्रेता सीजी इलेक्ट्रोनिक्स प्रालिले ग्राहकको सुविधाका लागि १० किलोसम्म लुगा धुने क्षमता भएको एलजी 'टर्बो वास वासङि मेसिन' बजारमा ल्याएको छ।
आधुनिक प्रविधिबाट बनेको यस मेसिनमा 'जेट स्प्रे' सुविधा छ। यसले कुल लुगा धुने समय घटाउनुका साथसाथै ऊर्जा खपत समेत कम गर्ने कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार यसले लुगालाई कुनै असर नगरी सफा पार्नेछ। 'जेट स्प्रे'ले लुगा धुने र पखाल्ने प्रक्रियामा ६ मोसन डाइरेक्ट ड्राइभ नामक प्रविधिको प्रयोग गर्नेछ। यसले दुई मिनेटमा कपडामा सीधै पानीले स्प्रे गरी ५९ मिनेटमा लुगा धुन मद्दत गर्ने कम्पनीको दाबी छ।
एलजीको टर्बो वासले १५ प्रतिशत ऊर्जा खपत र ४० प्रतिशत पानी खपत कम गर्ने कम्पनीले जनाएको छ।