दक्षिण एसियाकै ठूलो हनुमान मूर्ति बनाइने

दक्षिण एसियाकै ठूलो हनुमान मूर्ति बनाइने

दोलखाः पर्यटन प्रवद्र्धनका लागि दोलखाको हनुमन्ते डाँडामा दक्षिण एसियाकै सबैभन्दा ठूलो हनुमानको मूर्ति बनाइने भएको छ । जिल्लाको पर्यटन विकासमा थप टेवा पुर्‍याउन जिरी टुरिजम काउन्सिलमार्फत मूर्ति निर्माण गर्न लागिएको हो ।

स्विट्जरल्यान्डको जुरिच सहरसँग तुलना हुने गरेको पर्यटकीय नगरी जिरी नगरपालिका र जुगु गाविसको सिमानामा रहेको हनुमन्ते डाँडाबाट दोलखाका अधिकांश भूभाग नियाल्न सकिन्छ ।

प्राकृतिकसँगै धार्मिक पर्यटन पनि अगाडि बढाउने उद्देश्यका साथ एक वर्षभित्र हनुमानको प्रतिमा बनाउने उद्देश्य लिएको काउन्सिलका अध्यक्ष इन्जिनियर टीकाराम खड्काले बताए । उनले विभिन्न निकायको सहयोगमा प्रतिमा निर्माण गर्न लागेको भन्दै सबैलाई सहयोगका लागि आग्रहसमेत गरे ।

हनुमन्तेमा हनुमानको प्रतिमा निर्माण गर्न सके भारतीय पर्यटकलाई सहजै दोलखा भित्र्याउन सकिने पर्यटन व्यवसायीको भनाइ छ । भारतीय नागरिक बढी मात्रामा हनुमानको पूजा गर्ने भएकाले पनि दोलखामा हनुमानको प्रतिमा निर्माण गर्न आवश्यक रहेको पर्यटन व्यवसायी महेश पाख्रिनले बताए ।

जिरी टुरिजम काउन्सिलले जिरी नगरपालिका ६ को खाँवाडाँडामा आयोजना गरेको छलफल कार्यक्रममा दोलखा उद्योग वाणिज्य संघका अध्यक्ष सुन्दर कार्कीले हनुमानको प्रतिमा निर्माणका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए ।

उनले जिल्लाको सम्पत्तिको रूपमा रहेको हनुमन्ते डाँडालाई विकास गरी धार्मिक पर्यटकीइ स्थलका रूपमा परिचित गराउन आफू र आफ्नो संस्थाले पहल गर्ने बताए । कार्कीले जिरीमा पर्यटनको राम्रो सम्भावना भएकाले युवाको साथ र सहयोगले समृद्ध जिरी बन्न समय नलाग्ने बताए । जिरीमा शैक्षिक, कृषि, सांस्कृतिक पर्यटनको प्रबल सम्भावना रहेको उनको भनाइ थियो ।

यस्तै जिरीका स्थानीय पूर्वसांसद इन्द्रबहादुर खड्काले हनुमानको मूर्ति पहिलेदेखि नै रहेको जानकारी दिँदै नेपाल टेलिकमको टावर निर्माणका क्रममा विस्थापित गरिएकाले त्यही स्थानमा पुनर्निर्माण गरेर धार्मिक पर्यटकलाई जिरीसम्म ल्याउन सहज हुने बताए ।

उनले हनुमन्तेको प्राकृतिक मूर्ति हराए तापनि अर्को मूर्तिले त्यसको अभाव पूर्ति गर्नुपर्ने बताए । मूर्ति निर्माणका लागि जिरी नगरपालिकाका सम्पूर्ण राजनीतिक दलका नेताले पनि सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.