ओरालो बाटोमा सेयर बजार
काठमाडौँ: सेयर बजार आइतबार चार अङ्कले घटेर एक हजार ७१९ बिन्दुमा झरेको छ ।
अघिल्लो साता ३८ अङ्कले बढेको सेयर बजार आइतबार बजार खुलेको पहिलो दिनमै चार अङ्कले घटेको हो ।
सेयर बजारको मापक निकाय नेपाल स्टक एक्सचेन्जका अनुसार आज १३७ कम्पनीको एक अर्ब ८५ करोड मूल्य बराबरको कारोबार भयो । आइतबार मात्रै दुई लाख ८३ हजार ३०० कित्ता विभिन्न कम्पनीका सेयर कारोबार भयो ।
नेप्सेका अनुसार आइतबार लगानीकर्ता लघुवित्त कम्पनीको सेयरतर्फ आकर्षित भएका छन्। समग्रमा लघुवित्त कम्पनीको सेयर ६६ अङ्कले बढेको छ भने वित्त २९ र अन्य समूह चार अङ्कले बढेका छन् ।
सधैँ उकालो लाग्दै आएको बिमा समूह आज भने खुम्चिएको छ । समूहमा आइतबार २२३ अङ्कले कमी आएको छ भने घट्ने सूचीमा बैंकिङ र जलविद्युत् समूह रहेका छन् ।
नेप्सेका अनुसार बैंकिङ समूह १३ र जलविद्युत् समूह सात अङ्कले घटेका छन् । सेयर बजार औसतमा घटे पनि केही कम्पनीका लगानीकर्ताले भने आज १० प्रतिशतको हाराहारीमा नाफा कमाएका छन् । रासस
प्रतिक्रिया दिनुहोस !