फेसबुकमा भाइरल यो फोटो कहाँको हो ?

फेसबुकमा भाइरल यो फोटो कहाँको हो ?

काठमाडौं: असारको चुहुँदो झरीमा सरकारी निकायहरु सडक पिच गर्ने काममा धमाधम लागिरहेका छन् । सरकार आफैं सडक पिच गर्ने नाममा बालुवामा पानी हालेसरह १५ दिनमा एक अर्ब सक्ने ध्याउन्नमा छ ।

सरकारी निकायले आज गरेको पिच भोलि आउने वर्षेभेलले बगाएर लगिरहेका बेला केही दिनयता एउटा फोटो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

नेपालको अहिलेको सन्दर्भमा ठ्याक्कै मिल्ने यो फोटोलाई फेसबुक र ट्वीटरमा अपलोड गरेर सरकारी निकायको धज्जी उडाउने क्रम जारी छ ।

एक युवकले पिच सडकको एक पत्रलाई तन्ना उठाएसरह उठाइरहेका छन् । यो फोटोलाई धेरैले नेपालकै भनिरहेका छन् ।

नेपालमै कुनै समय भ्रष्टाचारविरुद्धको अभियान छेडेका केदार खड्काले फोटोलाई यहीँको भएको आशयसहित यस्तो ठैक्का स्वीकृत गर्ने कर्मचारी, बिल पास गर्न‍े इन्जिनिय र ठेकेदारप्रति आक्रोश ब्यक्त गर्दै फेसबुकमा पोस्ट गरेपछि अहिले भाइरल भएको छ ।

उनको फेबुक वालबाट मात्रै २४ घन्टाभित्र ३ हजार पाँच सय ६७ पटक यो फोटो सेयर भइसकेको छ ।

बिहारमा समेत यही फोटो त्यहीँ भएको भन्दै भाइरल बनाइएपछि त्यहाँका कार्यवहाम मुख्यमन्त्री तेजस्वी यादवले ट्वीट गरेर खण्डन गरेका छन् ।

उनले सामाजिक सञ्जालमा भाइरल भइरहेको यो फोटो बिहारको नभइ बंगलादेशको भएको पुष्टि गरेका छन् । उनले #मत_बदनाम_करो_बिहार_को ट्वीट ट्रेन्ड नै चलाएर बिहारको बदनाम नगर्न सामाजिक सञ्जालका प्रयोगकर्तालाई अपिल गरेका छन् ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.