रोनाल्डोले तालमा फ्याँकेको माइक्रोफोन भेटियो

रोनाल्डोले तालमा फ्याँकेको माइक्रोफोन भेटियो

लियोन: पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले तालमा फ्याँकिदिएको पोर्चुगिज टेलिभिजन च्यानल सीएमटीभीको माइक्रोफोन भेटिएको छ । रोनाल्डोले जारी युरोकप फुटबल प्रतियोगिताअन्तर्गत हंगेरीविरुद्धको समूहगत चरणको आफ्नो अन्तिम खेलअघि आफ्नै देशको टेलिभिजन च्यानल सीएमटीभीको माइक्रोफोन तालमा फ्याँकिदिएका थिए ।

त्यति बेला पोर्चुगिज टोली बसेको फ्रान्सको लियोनस्थित होटलबाहिर रोनाल्डो सहकर्मीसँगै निस्किएका थिए । उनको पूर्वजानकारीबिना त्यहाँ पुगेका सीएमटीभीका संवाददाताले रोनाल्डोलाई माइक्रोफोन तेस्र्याउँदै प्रश्न सोध्न थालेका थिए । तर, रोनाल्डोले ती संवाददाताको प्रश्नको उत्तर दिनुको साटो माइक्रोफोन नै खोसेर नजिकै रहेको तलाउमा फ्याँकिदिएका थिए ।

यद्यपि सीएमटीभी च्यानलले नै विशेष तालि प्राप्त पौडीबाज ‘डाइभर' खटाएर सो माइक्रोफोन खोजेको हो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले भिजेको स्विम सुटसहित रोनाल्डोले फ्याँकेको माइक्रोफोन समाइरहेका डाइभरको तस्बिर सार्वजनिक गरेका छन् । सीएमटीभीले पनि माइक्रोफोन भेट्टाएको जनाएको छ । यद्यपि पानीमा भिजेर काम नलाग्ने भइसकेको माइक्रोफोन खोज्नुको उद्देश्यबारे भने केही बताएको छैन ।

 

प्रतियोगिताको सुरुआती दुई खेलमा पोर्चुगिज टोली आइसल्यान्ड र अस्ट्रियसँग बराबरीमा रोकिएपछि रोनाल्डोको आलोचना भएको थियो । रोनाल्डोले अस्ट्रियाविरुद्ध निर्धारित समयभित्रै पाएको पेनाल्टी प्रहारको अवसरसमेत गुमाएपछि उनको अझ आलोचना भएको थियो । यद्यपि उनले माइक्रोफोन फ्याँकेकै दिन पोर्चुगलले हंगेरीविरुद्ध ३–३ गोलको बराबरी खेल्दा भने रोनाल्डोले दुई उत्कृष्ट गोल गरेका थिए ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले समूहगत चरणअन्तर्गत आइसल्यान्ड र अस्ट्रियाविरुद्धको खेलमा गोल गर्न नसकेको तनावमा रोनाल्डोले माइक्रोफोन फ्याँकिदिएको जनाएका थिए । यद्यपि पछिल्लो समाचारमा रोनाल्डो र सीएमटीभीबीच पुरानै द्वन्द्व रहेको जनाइएको छ । रोनाल्डोले सन् २०१४ देखि नै सीएमटीभी बहिष्कार गर्दै आइरहेको बताइएको छ ।

सो घटनापछि रोनाल्डोकै उत्कृष्ट प्रदर्शनमा हंगेरीसँग बराबरी खेल्दै प्रिक्वार्टरफाइनल पुगेको पोर्चुगल क्रोएसियालाई पराजित गर्दै क्वार्टरफाइनल पुगेको थियो । क्वार्टरफाइनलमा पनि पोल्यान्डलाई टाइब्रेकरमा पराजित गर्दै पोर्चुगल सेमिफाइनलमा पुगेको छ । सेमिफाइनलमा पोर्चुगलले वेल्सको समना गर्दैछ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.