चीनमा गएको पहिरोले भोटेकोशी थुनियो

चीनमा गएको पहिरोले भोटेकोशी थुनियो

सिन्धुपाल्चोकः नेपाल चीन सीमा क्षेत्रबाट दुई किलोमिटर उत्तरमा रहेको चिनियाँ क्षेत्रमा गएको पहिरोले भोटेकोशी थुनिएपछि स्थानीयबासीलाई त्रसित बनाएको छ ।

राति गएको पहिरोले थुनेको भोटेकोशीमा अहिले भने पानीको बाहव सामान्य रहेपनि पहिरोबाट आएको लेदोसहितको पानीले तातोपानीको मानसरोवर विद्यालयमा क्षति पुर्‌याएको छ । त्यस्तै लिपिङको बसपार्कमा माटोको लेदो थुप्रिएकाले समस्या उत्पन्न भएको छ ।

त्यस्तै तातोपानी धारा क्षेत्रमा केही घर पनि बाढीले बगाएको उद्योग बाणिज्य संघ सिन्धुपाल्चोकका उपाध्यक्ष अर्जुन सापकोटाले जानकारी दिए ।

 

पहिरोसँगै आएको बाढीका कारण त्यहाँको टेलिफोन सेवा अवरुद्ध भएको छ भने आठकिलोमा गएको पहिरोले सवारी आवतजावतमा पनि समस्या भएको स्थानीय राजु घतानीले जानकारी दिए । घतानीका अनुसार भोटेकोशीमा पानीको बहाव सामान्य रहेपनि पहिरोबाट आएको लेदोसहितको पानीले बढी क्षति गर्ने अवस्था रहेको छ ।

सवारी अवरोध तथा सञ्चार सम्पर्क बिहीन भएकाले त्यहाँका स्थानीयलाई उद्दारका लागि हेलिकोप्टरको विकल्प नरहेको पनि घतानीले बताए ।

भोटेकोशीमा रातिको समयमा पानीको सतह घटेपछि लिपिङको दक्षिणी भागमा रहेको तटीय क्षेत्रका मानिसहरु आफ्नो क्षेत्रबाट भागेर पहाडि क्षेत्रतर्फ लागेका थिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.