भोटेकोशीमा बाढी आउँदा १५ घरमा क्षति

भोटेकोशीमा बाढी आउँदा १५ घरमा क्षति

बाह्रबिसेः अविरल वर्षाका कारण भोटेकोशी नदीमा पानीको बहाबका कारण तातोपानी लिपिङका १५ घरमा क्षति पुगेको छ ।

बाढीका कारण नेपाल चीन मितेरी पुलदेखि तातोपानी हुँदै बाह्रबिसे सम्मको सडकखण्ड अन्तर्गत अरनिको राजमार्गका विभिन्न स्थानमा क्षति पुगेको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले एक प्रेस विज्ञप्ति जारी गरी जानकारी गराएको छ ।

बाढीले भन्सार कार्यालयमा रहेका दुईवटा ट्रिपर र भन्सारको क्यान्टीन बगाएको छ । त्यस्तै बाह्रबिसेमा रहेको कुखुराको फर्म तथा प्लाइउड फर्म बगाएको छ ।

ब्लक उद्योग तथा जाली बुन्ने उद्योग डुवानमा परेको छ । बाह्रबिसे मोटर ग्यारेजबाट टाटा सुमो र जिप बगाएको छ । त्यस्तै मार्मीङ र लिपिङ जोड्ने मध्ये भोटेकोशी आयोजनाको बेलीब्रिज पनि बगाएको छ ।

त्यस्तै तातोपानीको १० किलो भन्ने स्थानमा केही घरहरु जोखिममा रहेका छन् । नदीमा अझै पनि लेदो पहिरो आइरहेका कारण बाटाहरु अवरुद्ध भएका छन् ।

क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको र उद्दारका लागि सुरक्षाकर्मीको टोली परिचालन गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

बुधबार बाह्रबिसेमा भोटेकोशीको पानीको सतह सामान्य अवस्थाको भन्दा करिब १.५ मिटर बढी रहेको प्रशासनले जनाएको छ ।

जिल्ला प्रशासनले जारी गरेको विज्ञप्ति


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.