मानसिक सन्तुलन गुमाएकाको कुटाइबाट मृत्यु
विराटनगरः मानसिक सन्तुलन गुमाएका एक युवाको कुटाइबाट मोरङको बेलबारीमा मंगलबार राती एक जनाको मृत्यु भएको छ ।
बेलबारी ६ का २९ वर्षीय आशीष राईले आक्रमण गर्दा ४० वर्षीय हरिबहादुर कार्कीको मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक मेघराज थापाले बताए ।
राईले आक्रमण गर्दा टाउकोमा गम्भीर चोट लागेका कार्कीको उपचारका क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको जानकारी थापाले दिए ।
घटनामा संलग्न राईलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको उनले बताए।