इदको सार्वजनिक बिदा बिहीबार
काठमाडौँः सरकारले बिहीबारका लागि इस्लाम धर्मावलम्बीको विशेष पर्व इद (इदुल्ल फित्र)को बिदा दिएको छ ।
बुधबार गृह मन्त्रालयले सूचना जारी गर्दै बिहीबार इदको लागि सार्वजनिक बिदा भएको जानकारी गराएको हो ।
गृहमन्त्रालयको विज्ञप्तिमा भनिएको छ, ‘असार २३ गते बिहीबार पर्ने इदको अवसरमा नेपालभर सार्वजनिक पर्व बिदा दिने निर्णय भएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रसारित गरिएको छ ।’